२९ असार २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

ट्रयाक्टर दुर्घटनामा बालकको गयाे ज्यान, दुईजना घाइते

प्रकाशित मिति :  १४ असार २०८१, शुक्रबार १२:५८


गुल्मी । तम्घास–सिमलटारी सडकखण्डअन्तर्गत छल्दीबाट तम्घासतर्फ आउँदै गरेको लु४त २४६५ नम्बरको ट्रयाक्टर रेसुङ्गा नगरपालिका–४ रायढुङ्गामा दुर्घटना हुँदा छ वर्षीय बालकको ज्यान गएको छ ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक शङ्कर पोखरेलका अनुसार दुर्घटनामा मालिका गाउँपालिका–२ का छ वर्षीय शिव विकको ज्यान गएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उहाँलाई उपचारका लागि गुल्मी अस्पताल ल्याउनेबित्तिकै अस्पतालले मृत घोषणा गरेको थियो ।

दुर्घटनामा ट्याक्टर चालक गुल्मीको धुर्कोट गाउँपालिक–५ बस्तुका २६ वर्षीय दीपक गोतामे र सहचालक बागलुङ बडिगाड गाउँपालिकाका १९ वर्षीय राजकुमार विक घाइते भएका छन् । उनीहरूलाई थप उपचारका लागि पाल्पा पठाइएको छ ।

 

 

–रासस


226
Shares

प्रतिक्रिया दिनुहोस !