६ श्रावण २०८१, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

अमेरिका,खम्पा विद्रोह अनि दलाई लामा

प्रकाशित मिति :  १३ असार २०८१, बिहीबार १६:०५


काठमाडौं । कस्को ईसारमा खम्पा विद्रोह भयो? खम्पा विद्रोहले नेपाललाई के गर्यो? को थिए खम्पा विद्रोहका नाईके? खम्पा विद्रोह भएर नेपालले के पायो? जब अमेरिकाले तिब्बतका मानिसलाई उचाल्छ तव धेरै नेपालीको मनमा यो विषयमा खुल्दुली आउँछ ।

अहिले फेरि उपचार गर्न भनेर गएका दलाई लामालाई विभिन्न कुरामा हस्ताक्षर गराउने अमेरिकाको तयारी रहेको छ ।

दलाई लामा तिब्बतका हुन् । उनि धार्मिक गुरु तथा नेता पनि मानिनुहुन्छ । उहाँ चीनको चौधौं दलाई लामा हुनुहुन्छ । उहाँ अहिले लगभग ९० बर्षको हुनुभयो । उहाँले २३ बर्षको उमेर देखि भारतमा शरणर्थिको जिवन विताइरहनु भएको थियो । उहाँ चीनबाट भागेर भारत पुग्नुभएको हो ।

दलाई लामालाई प्रयोग गरेर चीन कमजोर पार्न सकिन्छ भनेर लामालाई विभिन्न कुरामा अमेरिकाले उचालीरहेको छ ।

अमेरिकाले लामा आउने वित्तिकै विभिन्न कुरामा हस्ताक्षर गराउन तयार भएर बसेको थियो । भने बाइडेनले भने दलाई लामा र तिब्बत देखाएर आउने चुनाबामा मत माग्ने निश्चित भएको बुझिन्छ ।

लामाको अमेरिका भ्रमणको अवसरमा तिब्बतसम्बन्धी अमेरिकी कडा नीति र कानुन सार्वजनिक गर्ने तयारी बाइडेनको छ । ‘प्रोमोटिङ अ रिजुलोसन टु द टिबेट–चाइना डिस्प्युट एक्ट’  अमेरिकी तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्सबाट पास भइसकेको छ । राष्ट्रपति बाइडेनले हस्ताक्षर गरेपछि यो अमेरिकी कानुन बन्ने छ ।

अमेरिकाको तिब्बतसम्बन्धी पुरानो कानुन ‘तिब्बत पोलिसी एक्ट २००२’ र ‘तिब्बत पोलिसी एन्ड सपोर्ट एक्ट २०२०’  को संशोधित स्वरुप हो। तर यो संशोधित विधेयकमा चीनमाथि दबाब बढाउने गरी अमेरिकाले विभिन्न विषयवस्तु समावेश गरेको छ ।

लामालाई अमेरिकाले तिब्बतको कुरामा उचालिरहँदा अहिले नेपालमा भने खम्पा विद्रहाको झझल्को आउँछ ।

तिब्बतलाई चीनबाट छुट्याउन धेरै वर्ष देखि अमेरिका लागि परेको छ । त्यसैको अनुरुप अहिले बाइडेन लागेका हुन् ।

अहिले खम्पा विद्रोहको जिवित साक्षीहरु धेरै छन् । सबैको मुखबाट खम्पा विद्रोहले नेपालमा केही लाभ भने नदिएको वताउँछन् । खम्पा विद्रोहले नेपाललाई लाभ दिनुको साटो उल्टो चीन सँगको सम्बन्धमा दरार उत्पन्न गराएको धेरै मानिसको बुझाई छ । यो सत्य पनि हो ।

खम्पा विद्रोह नेपालको लागि कुनै लाभ दिने चिज थिएन । यो केवल अमेरिकाको स्वार्थ परिपूर्ति गर्नको लागि रचिएको एउटा विद्रोह थियो ।

पछि अमेरिकाले चीन सामू घुँडा टेक्यो खम्पा विद्रह सामसुम भयो ।

के हो त खम्पा विद्रोह

तिब्बतलाई चीन सँग छुट्याउन अमेरिका द्वारा रचिएको एउँटा ठुलो प्लान थियो खम्पा विद्रोह । जुन विद्रोह नेपाली भूमीबाट भएको थियो ।

चीनबाट तिब्बत छुट्याएर चीनलाई कमाजोर पार्ने रणनिति नै खम्पा विद्रोहको मुख्य एजेन्डा थियो । यो एजेन्डाको मूख्य नाईके अमेरिका नै थियो ।

हरेक कुरामा अमेरिका सँग प्रतिशपर्धा गरिहरेको चीनलाई तल पारेर आफू सधै विश्व शक्ति बन्ने अमेरिकाको चाहाँनै खम्पा विद्रोह हो भन्दा फरक पर्दैन ।

तिब्बतको खाम क्षेत्रको मुल बासिन्दालाई उनिहरुको भाषामा खम्पा भनिन्छ । विक्रम संवत २०२० को दशकमा आफ्नै देश सँग लड्नका लागि अमेरिकाको इसारामा तिब्बतका खम्पाहरु नेपालको मनाङमा आएका थिए ।

त्यतिबेला उनीहरुले भर पुर नेपालको भूमी प्रयोग गरि आफ्नै देशसँग गुरिल्ला युद्ध गरे ।
गुरिल्ला युद्ध भनेको लुकीछिपी छापा मार्ने र अचानक आक्रमण गर्ने हो । यस्तो युद्ध छोटो हुन्छ ।

यस्तो युद्ध गर्नको लागि खम्पाहरुले नेपाली भूमी प्रशस्त मात्रामा प्रयोग गरेका थिए ।  नेपालकाे केही जिल्लाहरुत खम्पाहरुकै नियन्त्रणमा थियाे ।   खम्पाहरुलाई अमेरिकाको साथ पनि राम्रो थियो ।
मनाङ, सोलुखुम्बु, रसुवा, रामेछाप, काभ्रेपालञ्चोकमा खम्पाहरुले डेरा जमाएर बसेका थिए । यिनै जिल्लाहरुमा खम्पाहरुले तालिम लिन्थ्य । अनि चीन सँग लड्नको लागि मुस्ताङ पुग्थ्ये ।

तर खम्पाहरुले चीन सँगमात्र लड्दैन थिए । उनीहरुले हातहतियार अनेक देखाएर नेपालीको घर घरमा गएर लुटेर समेत खाने गरेका थिए । चौरि गोठ, भेडा गोठ, बालिनाली लुटेर खाने गर्थ्य । जंगलि जनावार मारेर सखाप पारेका थिए । समग्रमा भन्नुपर्दा उनीहरुले नेपालमा वितण्ड नै मच्काएका थिए ।

उनीहरु भएको ठाँउमा नेपालीहरुलाई समेत सुख सँग बस्न दिएका थिएनन् । नेपालीहरु र उनीहरुको पानी बाराबार जस्तै थियो । तर यसले राम्रो सन्देश दिदैन भनेर उनीहरुले नेपाली सँग मिलेर बसेको देखाउन नेपालीहरुको चाडँबाड नेपाली जस्तै भएर मनाउने गरेका थिए । समग्रमा भन्दा उनीहरुले दुःख मात्र दिएका थिए । अझ अर्को भाषामा भन्दा उनीहरु अमेरिकी स्वार्थ पुरा गर्नकै लागि चीन सँग लडेका थिए । अमेरिकाले भने नेपालमा स्वीचाटारमा विमानस्थलनै बनाएर तेतीवेल हातहतियार भित्र्याएको पाईन्छ ।

फेरि तिब्बति उचालेर चीन सँग विद्रोह गर्नको लागि नेपालको भूमी राम्रो मानिन्छ । नेपालको अस्थिर राजनीतिको फाइदा उठाएर नेपालको भूमी प्रयोग गरेर चीनलाई तर्साउन सकिन्छ भन्ने अमेरिकाले बुझेको छ ।

२०२० को दशकमा खम्पा विद्रोह हुँदा अमेरिकाले खम्पाली कमाण्डरहरुलाई आफ्नै भूमीका तालिम दिएर पाठएको कुरा वाहिर आएको थियो ।

तर पछि नेपालको मुस्ताङ जिल्लामा बेस समेत बनाइ गुप्त रूपमा अभ्यास समेत गर्न थालेपछी चीन सरकार तथा अन्तराष्ट्रिय समुदायको अनुरोधमा सरकारले नेपाली सेना परिचालन गरेको थियो । नेपाली सेनालेनै तिनीहरुलाई आत्मासमर्पण गर्न बाध्य बनाएको थियो । हतियार त्यागी आत्मसर्मपण गर्नेहरूलाई नेपालको नागरीकता समेत दिइ रसुवा, र राज् धानी को माथिल्लो तिमाल क्षेत्रमा जमिन दिने जानकारी गराएको ,र खम्पा कमान्डर वाङदी सर्मपण गर्न तयार भएको तर मुस्ताङ छाडी आफ्नो फौज लिएर उत्तर पश्चिमी नेपालका डोल्पा, मुगु, जुम्ला हुदै भागेका थिए ।

 

 


1.1k
Shares

प्रतिक्रिया दिनुहोस !