६ श्रावण २०८१, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

पाकिस्तानमा आफ्नो सम्बन्धविच्छेद गराएको भन्दै प्रहरीद्वारा दुई वकिलको हत्या

प्रकाशित मिति :  २ असार २०८१, आईतवार ०८:२४


काठमाडौं । पाकिस्तानमा एक प्रहरीले गोली प्रहार गरी दुई जना वकिलको हत्या गरेका छन् । अटकमा भएको गोली प्रहारबाट ज्यान गुमाउनेमा जिल्ला बार अटकका पूर्वअध्यक्ष इसरार अहमद र जुलिफिकार मिर्जा रहेका छन् ।

पाकिस्तानी मिडिया रिपोर्टहरुका अनुसार शनिबार विशेष बलका एक एएसआईले व्यक्तिगत दुश्मनीलाई आधार बनाएर दुई वकिलको गोली हानी हत्या गरेका हुन् । एएसआई इन्तजार शाहले आफ्नी श्रीमतीसँग सम्बन्धविच्छेद हुनुमा वकिलहरूको भूमिका रहेको भन्दै त्यही दुश्मनीमा गोली हानी वकिलहरुकै हत्या गरेका हुन् ।

हत्याको घटनापछि अटकका प्रहरी प्रमुख सरदार घियास गुल खानले तत्काल कारबाही अघि बढाएका छन् । एएसआई इन्तजार शाह हिरासतमा परेका छन् भने घटनाबारे अनुसन्धान अघि बढाइएको छ ।


452
Shares

प्रतिक्रिया दिनुहोस !