८ श्रावण २०८१, मंगलवार
  • हाम्रो बारेमा
  • विज्ञापन

ताप्लेजुङमा पहिरोमा परी एकै परिवारका ४ जनाको गयो ज्यान

प्रकाशित मिति :  ३२ जेष्ठ २०८१, शुक्रबार ०९:००


काठमाडौं । ताप्लेजुङमा पहिराेमा पुरिएर एकै परिवारका ४ जनाकाे ज्यान गएकाे छ ।

फक्ताङलुङ गाउँपालिका-२ खेजिनिममा बिहीबार राति गएकाे पहिरोमा पुरिएर एकै परिवारका ४ जनाको ज्यान गएकाे जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएकाे छ ।

ज्यान गुमाउनेमा फक्ताङलुङ-२ खेजिनिमका ६९ वर्षीय रामबहादुर लिम्बू, उहाँकी श्रीमती जसमाया र लिम्बू दम्पतीका छोरीहरू ९ वर्षीया गंगा र जमुना छन् ।

पहिराेमा परेर ४० वर्षीया युगेन लिम्बू र उहाँकी ३ वर्षीया छोरी घाइते भएको पनि प्रहरीले जनाएकाे छ ।

प्रहरीका अनुसार ताप्लेजुङमा वर्षापछि आएकाे बाढी पहिराेले जनधनकाे क्षति पुर्‍याएकाे छ । बाढीले फक्ताङलुङ क्षेत्रमा ६ टा पुल बगाएको छ । पुल बगेपछि मानिसहरु आवतजावत गर्न र यातायातका साधन सञ्चालन गर्न समस्या भएको छ ।


113
Shares

प्रतिक्रिया दिनुहोस !