६ श्रावण २०८१, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

लगानी बोर्ड तत्काल खारेज गर्नुपर्छ-प्रेम सुवाल

प्रकाशित मिति :  ३१ जेष्ठ २०८१, बिहीबार १६:१६


काठमाडाैं । नेपाल मजदूर किसान पार्टी (नेमकिपा) का सांसद् प्रेम सुवालले लगानी बोर्ड तत्काल खारेज गर्नुपर्ने बताउनुभएकाे छ ।

बिहीबार बसेकाे प्रतिनिधि सभा बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विनियोजित बजेटमाथिको छलफलमा भाग लिँदै सांसद् सुवालले विदेशी पुँजी ल्याएर देश विकास नहुने बताउनुभयाे ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयकाे खर्च कटाैती प्रस्ताव पेस गर्दै उहाँले भन्नुभयाे – ‘विदेशी पुँजी ल्याएर देश विकास हुँदैन, बरु उपनिवेश हुन्छ, भारतमा व्यापार गर्न आएको इष्ट इण्डिया कम्पनीले भारतलाई २ ;o १० वर्ष उपनिवेश बनाएको थियो, त्यसकारण विदेश लगानी ल्याउने लगानी बोर्डलाई तत्काल खारेज गर्नुपर्छ ।’

सरकारले जग्गा र भाैतिक पूर्वाधार निर्माण गरी औद्याेगिक क्षेत्र स्थापना गर्ने र विदेशी लगानी लगाउनु भनेकाे गाई मारी बाघ पाेसेजस्तै भएकाे भन्दै सांसद् सुवालले नेपालकाे जग्गा, नेपालकाे श्रम र विदेशी पुँजीकाे रजाँइ ठिक नहुने बताउनुभयाे ।

उहाँले काठमाडौं उपत्यकाभित्र रहेका सबै औद्योगिक क्षेत्र हटाउनुपर्ने प्रस्ताव समेत सांसद् सुवालले बताउनुभयाे । काठमाडाैं, ललितपुर र भक्तपुरका औद्याेगिक क्षेत्रलाई आर्थिक वर्ष ०७३-७४ र ०७४-७५ काे बजेटकाे प्रतिबद्धताअनुसार तत्काल उपत्यका बाहिर स्थानान्तरण गरेर काठमाडाैंलाई प्रदुषणमुक्त शहर बनाउनुपर्ने उहाँले बताउनुभयाे ।

निजीकरण गरिएका संस्थानलाई पुन सार्वजनिकीकरण गरेर अर्थतन्त्रलाई आत्मनिर्भर बनाउनुपर्ने समेत सांसद् सुवालले बताउनुभयाे । देशलाई आधारभूत वस्तुमा आत्मनिर्भर बनाउनुपर्ने समेत उहाँले बताउनुभयाे ।


113
Shares

प्रतिक्रिया दिनुहोस !