१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

चीन र पाकिस्तानबीच सिपेक स्तरोन्नतिको सहमति हुँदा अरु देश चकित, पाकिस्तानी प्रधानमन्त्रीले गर्नुभयाे बिआरआईकाे प्रशंसा

प्रकाशित मिति :  २९ जेष्ठ २०८१, मंगलवार ११:०३


काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङ र पाकिस्तानका प्रधानमन्त्री शाहबाज सरिफबीच चीन–पाकिस्तान इकोनोमिक करिडोर (सिपेक)को स्तरोन्नति गर्ने सहमति भएको छ भने सहमति सँगै अरु चीन र पाकिस्तानका छिमेकी देसहरु चकित परेका छन् ।

प्रधानमन्त्री शाहबाज सरिफ चीनको भ्रमणमा रहेको बेला सो सममति भएको हो ।
दुई नेताले सिपेकको स्तरोन्नति र मेगा परियोजनाको विकासलाई दोस्रो चरणमा अगाडि बढाउन सहमति जनाएका छन् ।

पाकिस्तानका प्रधानमन्त्री शाहबाज सरिफले सिपेकको दोस्रो चरणको उद्घाटन गर्ने सम्भावना रहेको जनाइएको छ। यद्यपि, यो यात्राले सामान्यतयाः जुनको पहिलो हप्तामा प्रस्तुत हुने वार्षिक संघीय बजेटमा ढिलाइ निम्त्याएको छ भने सरकारको अस्थायी योजनाअनुसार जुन–१२ मा प्रस्तुत हुने अपेक्षा गरिएको छ।

पाकिस्तानी प्रधानमन्त्रीले चिनियाँ राष्ट्रपति सीलाई आर्थिक सुधार, दिगो विकास, औद्योगिक विकास, कृषि आधुनिकीकरण, क्षेत्रीय सम्पर्क र देशको विकासमा सिपेकले खेलेको महत्त्वपूर्ण भूमिकाका लागि पाकिस्तानको नीतिबारे जानकारी गराउनु भयो ।

पाकिस्तानी प्रधानमन्त्रीले सिपेकको उच्च गुणस्तरिय विकास र घनिष्ठ समन्वयको माध्यमबाट दुई देशको विकास रणनीतिबीच तालमेललाई बढावा दिन पाकिस्तानको प्रतिबद्धतालाई जोड दिनुभएको छ । प्रधानमन्त्री शाहबाजको राष्ट्रपति सीसँग पदभार सम्हालेपछि भएको यो पहिलो भेट हो ।

आधिकारीक विज्ञप्ति अनुसार यो भेट दुई देशबिचको घनिष्ठ मित्रता र रणनीतिक सम्बन्धको परम्परागत न्यानो प्रतिबिम्बद्वारा उजागर गरिएको थियो ।
पाकिस्तानी प्रधानमन्त्री सरिफले राष्ट्रपति सीको बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई) र ग्लोबल डेभलपमेन्ट इनिसिएटिभको प्रशंसा गर्दै बिआरआईको प्रमुख परियोजनाका रूपमा सिपेकले पाकिस्तानको सामाजिक–आर्थिक विकासमा उल्लेखनीय योगदान पु¥याएको कुरामा जोड दिनुभयो ।


452
Shares

प्रतिक्रिया दिनुहोस !