१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

प्रतिनिधि सभामा आजदेखि बजेटमाथि मन्त्रालयगत छलफल

प्रकाशित मिति :  २९ जेष्ठ २०८१, मंगलवार ०९:०३


काठमाडाैं । प्रतिनिधि सभाको बैठक आज बस्दैछ ।

संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बस्ने बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपति र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनुहुने कार्यसूची छ ।

त्यसपछि बैठकमा बजेटमाथि मन्त्रालयगत शीर्षकमा छलफल सुरु हुने संसद् सचिवालयले जनाएकाे छ ।

बैठकमा कांग्रेस सांसद् बद्री पाण्डेले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, कांग्रेसका अर्का सांसद् पुष्पबहादुर शाहले युवा तथा खेलकुद मन्त्रालय र रमा कोइराला पौड्यालले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय शीर्षकको खर्च घटाइ एक रुपैयाँ कायम गरियोस् भन्ने प्रस्ताव गर्ने राख्नुहुने कार्यसूची छ ।

स्वतन्त्र सांसद् अमरेशकुमार सिंहले वन तथा वातावरण मन्त्रालयसहित ४ मन्त्रालयको खर्च एक रुपैयाँ गरियोस् भन्दै प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची पनि रहेकाे संसद् सचिवालयले जनाएकाे छ ।

नेपाल मजदुर किसान पार्टीका सांसद् प्रेम सुवालले पनि ४ वटा मन्त्रालयको खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची रहेकाे संसद् सचिवालयले जनाएकाे छ ।

यसअघि आइतबार बस्ने तय भएकाे बैठक २ पछि सारिएकाे थियाे ।


113
Shares

प्रतिक्रिया दिनुहोस !