१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

उद्धारको नमुना अभ्यासका क्रममा डुबेर प्रहरी जवानको गयाे ज्यान

प्रकाशित मिति :  २८ जेष्ठ २०८१, सोमबार १६:००


चैनपुर (बझाङ) । विपद् व्यवस्थापनको खोज तथा उद्धारका लागि नमुना अभ्यास गर्ने क्रममा आज बझाङमा डुबेर एक  प्रहरी जवानको ज्यान गएको छ ।

सदरमुकाम चैनपुर नजिकै सेती नदीमा नमुना अभ्यास देखाउने क्रममा सशस्त्र प्रहरी बलका जवान नरेन्द्रसिंह धामीको ज्यान गएको हो । प्रहरी नायव उपरीक्षक भरत शाहका अनुसार केदारस्यूँ गाउँपालिका–७ खिकीरीका बासिन्दा समेत रहनुभएका उहाँको अभ्यासको क्रममा सेती नदीको बीच भागमा खसेर ज्यान गएको हो ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, जिल्ला रेडक्रस र नेपाली सेनाले आज यहाँ संयुक्तरुपमा प्राकृतिक विपदका बेला बाढीमा फसेकाहरुको उद्धार सम्बन्धि नमुना अभ्यास देखाएको थियो । सोही क्रममा धामी डुबेर बेहोस भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बेहोस भएका उहाँलाई जिल्ला अस्पताल लगिए पनि बचाउन भने सकिएन ।

 

–रासस


113
Shares

प्रतिक्रिया दिनुहोस !