१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

तीर्थयात्री चढेको बसमा आतंककारी आक्रमणमा परी नौको गयाे ज्यान

प्रकाशित मिति :  २८ जेष्ठ २०८१, सोमबार १०:४१


काठमाडौं । तीर्थयात्री सवार बसमा आतंकवादीहरूले आक्रमण गरेपछि दुर्घटना हुँदा तीन महिला सहित नौ जनाको ज्यान गएको छ । दुर्घटनामा अन्य ३३ जना घाइते भएका छन् ।

भारतको जम्मू कश्मीरको रियासी जिल्लामा आइतबार साँझ उत्तर प्रदेश र दिल्लीबाट तीर्थयात्रीहरू बोकेर गुडिरहेको बस आक्रमणपछि गहिरो खाडलमा खसेको थियो । बसमा रहेका तीन महिलासहित नौ जनाको ज्यान गएको र ३३ जना घाइते भएको स्थानीय प्रहरीलाई उदृत गर्दै भारतीय सञ्चारमाध्यमहरुले जनाएकका छन् ।

पोनी क्षेत्रको तेर्याथ गाउँ नजिकै कटरास्थित शिव खोरी मन्दिरबाट माता वैष्णो देवी मन्दिर जाँदै गरेको बसमा आतंककारीहरूले गोली हानेका थिए । ५३ सिटको बस साँझ ६ बजेर १५ मिनेटमा गोली चल्न थालेपछि गहिरो खाडलमा खसेको थियो ।


339
Shares

प्रतिक्रिया दिनुहोस !