१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

चार हजारले घट्यो सुन

प्रकाशित मिति :  २७ जेष्ठ २०८१, आईतवार ११:१३


काठमाडौं । आइतबार सुनको भाउ एकैदिन तोलामा ४ हजार रुपैयाँ घटेको छ ।

शुक्रबार हालसम्मकै उच्च मूल्यमा कारोबार भएको सुन आज ४ हजार घटेर  तोलाको १ लाख ४१ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रबार सुन प्रतितोला १ लाख ४५ हजार रुपैयाँ पुगेको थियो ।

महासंघका अनुसार चाँदीको भाउ पनि तोलामा ७५ रुपैयाँ घटेको छ । शुक्रबार तोलाको १ हजार ९०० रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ८२५ रुपैयाँमा कारोबार भैरहेको छ ।


226
Shares

प्रतिक्रिया दिनुहोस !