१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

टी-२० विश्वकप क्रिकेट : श्रीलंकाको लगातार दोस्रो हार, बंगलादेशको विजयी सुरुआत

प्रकाशित मिति :  २६ जेष्ठ २०८१, शनिबार १४:४३


काठमाडौं । टी-२० विश्वकप क्रिकेटमा बंगलादेशले श्रीलंकालाई पराजित गरेको छ ।

अमेरिकाको डालासस्थित ग्राण्ड प्रेरी क्रिकेट मैदानमा शनिबार बिहान भएको खेलमा बंगलादेशले श्रीलंकालाई २ विकेटले पराजित गरेको हो । समूह ‘डी’ मा रहेको श्रीलंकाको यो लगातार दोस्रो हार हो ।

श्रीलंकाले दिएको १ सय २५ रनको लक्ष्य बंगलादेशले १९ ओभरमा ८ विकेट गुमाएर पूरा गरयो । बंगलादेशका लागि टोहिड हृदोयले ४० र लिटन दासले ३६ रन बनाए ।

बलिङतर्फ श्रीलंकाका नुआन थासराले ४ र वानिन्दु हसरंगाले २ विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको श्रीलंकाले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय २४ रन बनाएको थियो । उसका लागि पाथुम निसांकाले सर्वाधिक ४७ र धनन्जय डि सिल्भाले २१ रन बनाए ।

श्रीलंका पहिलो खेलमा दक्षिण अफ्रिकासँग ६ विकेटले पराजित भएको थियो । सोही समूहमा रहेको नेपाल आफ्नो पहिलो खेलमा नेदरल्याण्डससँग ६ विकेटले पराजित भएको थियो । अब नेपालले मंगलबार अमेरिकाको फ्लोरिडामा श्रीलंकासँग खेल्नेछ ।

 


452
Shares

प्रतिक्रिया दिनुहोस !