१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा

प्रकाशित मिति :  २५ जेष्ठ २०८१, शुक्रबार १२:०३


काठमाडौँ । स्थानीय बजारमा पहेँलो धातुको मूल्य तोलामा एक हजारले बढेको छ । बिहीबार प्रतितोला एक लाख ४४ हजारमा कारोबार भएको छापावाला सुन आजका लागि एक लाख ४५ हजार निर्धारण भएको छ । यो हालसम्मकै उच्च विन्दु हो ।

यस्तै, तेजाबी सुन बिहीबार तोलामा एक लाख ४३ हजार तीन सयमा कारोबार भएकामा आजका लागि एक लाख ४४ हजार तीन सय निर्धारण भएको छ ।

चाँदीको मूल्य भने तोलामा ५० ले वृद्धि भएको छ । बिहीबार प्रतितोला एक हजार आठ सय ५० मा कारोबार भएको चाँदी आजका लागि भने एक हजार नौ सय निर्धारण भएको छ ।

 

-रासस


226
Shares

प्रतिक्रिया दिनुहोस !