१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

टी-२० विश्वकप क्रिकेट : पाकिस्तान सुपर ओभरमा अमेरिकासँग पराजित

प्रकाशित मिति :  २५ जेष्ठ २०८१, शुक्रबार ०८:२३


काठमाडाैं । आईसीसी टी-२० विश्वकप क्रिकेटमा पाकिस्तान अमेरिकासँग पराजित भएको छ ।

अमेरिकाकाे डालासस्थित ग्राण्ड प्रेरी क्रिकेट मैदानमा बिहीबार राति भएकाे खेलमा पाकिस्तान आयोजक अमेरिकासँग सुपर ओभरमा ५ रनले पराजित भएको हो ।

सुपर ओभरमा पहिले ब्याटिङ गरेको अमेरिकाले २० रनको लक्ष्य दिएको थियो । जवाफमा पाकिस्तानले १४ रन मात्र बनाउन सक्याे । अमेरिकाले पहिलो पटक पाकिस्तानलाई हराएको हाे ।

त्यसअघि पाकिस्तानले दिएको १ सय ६० रनको लक्ष्य पछ्याएको अमेरिकाले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १ सय ५९ रन बनाएपछि खेल सुपर ओभरमा गएको थियो ।

पहिले ब्याटिङ गरेको पाकिस्तानले पनि निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ५९ रन बनाएको थियो ।

सुपर ओभरअघि पाकिस्तानका लागि कप्तान बाबर आजमले ४४, सदाब खानले ४०, साहिन साह अफ्रिदीले २३ र इफ्तिखर अहमदले १८ रन बनाए । बलिङतर्फ अमेरिकाका नोस्थुस केन्जिगेले ३, शाैरभ नेत्राभाल्करले २ विकेट तथा अली खान र जसदीप सिंहले समान १-१ विकेट लिए ।

अमेरिकाका लागि कप्तान मोनांक पटेलले ५०, आरोन जोन्सले ३६, एन्ड्रिस गौसले ३५,नितेश कुमारले १४ रन र स्टिभ टेलरले १२ रन बनाए।बलिङतर्फ पाकिस्तानका मोहम्मद आमिर, नसिम साह र हरिस रौफले १-१ विकेट लिए ।

जारी विश्वकपमा अमेरिकाकाे लगातार दाेस्राे जित हाे । पहिलाे खेलमा अमेरिकाले क्यानडालाई हराएकाे थियाे । पहिलाे खेल खेलेकाे   उपाधि दावेदार टेष्ट टोली पाकिस्तानले भने  पहिलाे खेलमै हार ब्यहाेर्नुपरेकाे छ ।

टी-२० विश्वकपमा आज समूह ‘ए’ का क्यानडा र आयरल्याण्ड खेल्दैछन् ।


452
Shares

प्रतिक्रिया दिनुहोस !