१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

चतुर मोदीको नेपाल तर्फकाे नजर अब के हुन्छ?

प्रकाशित मिति :  २४ जेष्ठ २०८१, बिहीबार १८:४४


––प्रदिप तिमल्सिना
काठमाडौं । भारतमा तेस्रो कार्यकालको लागि प्रधानमन्त्री बन्न लागेका नेरेन्द्र मोदीको अबको नेपाल तर्फको नजर कस्तो होला भन्ने अहिले आम नेपालीमा उत्सुकता जागेको छ । नजर कस्तो हुन्छ भनेर ठ्याक्कै भन्ने अबस्था नरहेपनि तेस्रो कार्यकालमा अब प्रधानमन्त्री हुन थालेका नरेन्द्र मोदीले नेपालमा कस्तो नजर राख्लान भनेर अनुमान लिन भने सकिन्छ ।

नरेन्द्र मोदीको उहाँको पहिलो र दोस्रो कार्यकाल हेर्दा अमेरिका सँग मिलेर होस् या नमिलिकन होस् उहाँले नेपाललाई आफ्नो कव्जामा राख्न निरन्तर खोज्नुभएको देखिएको थियो ।नेपाललाई चीन सँग टाढा गराउन र भारतमै निहित हुन बाध्य तुल्याउने खेल खेल्न मोदी निकैनै अग्रसर हुनु भएको कुरा नेपाल भर छर्लङ्न छ । त्यती मात्र नभएर नेपालमा चिनियाँ प्रोजेक्टहरु आउटको रणनितिमा पनि भारत निरन्तर लागेको कुरा जगजाहेरै छ ।

नेपालमा चीन छिर्नै नदिने र भारतको दवदवामा मात्र नेपाल बस्नुपर्ने भन्ने मोदीको पहिलो र दास्रो कार्यकालले नेपाललाई सन्देश दिएको देखिन्छ ।समग्रमा भन्दा मोदीको प्रधानमन्त्री हुँदा पहिलो र दोस्रो कार्यकाल नेपालको लागि दुखुद नै रहेको मान्न सकिन्छ ।

विकास आयोजनामा वाधा सिर्जना गर्नु । नेपालाई अमेरिका सँग मिलेर थिचोमिचो गर्न खोज्नु । पटक पटक नेपालको विमानस्थलमा आखा लगाउनु । अरु देशले गर्ने विकासमा अबरोध सिर्जना गर्नु । त्यतिमात्र नभएर नेपालमा राजनितिक दलमा समेत आखाँ लगाएका मोदीको नेपालको लागि पहिलो र दोस्रो कार्यकाल दुखद नै मान्न सकिन्छ भन्ने आधारहरु धेरै छन् ।

चतुर मोदी पछारिदा ।

निकै नै चतुर मोदी अहिले भने पछारिएको छन् । धार्मिक बर्को ओडेर जतातेतै सान्तोना लिन खोज्ने मोदी अहिले कसैको बैसाखिमा तेस्रो कार्यकाल प्रधानमन्त्री बन्दै हुनुहुन्छ ।आफ्नै खुट्टामा उभिदा नेपालमा गिद्धे नजर राखेका मोदीले अब अरुको बैसाखिमा तेस्रो पटक प्रधानमन्त्री हुँदा नेपालमा कस्तो नजर राख्लान भन्ने आम नेपालीको चासो छ ।

पहिलो र दोस्रो कार्यकाल मोदीको पार्टी भाजपा एकलैले बहुमत ल्याएको थियो । एक्लैले बहुमत ल्याउँदा उहाँँ मत्ता हात्ति जस्तो भएको धेरैले आंकलन गरेका थिए । उहाँले नेपालमा मात्र नभएर अरु आफ्ना छिमेकी राष्ट्रहरु चीन, पाकिस्तान, बांग्लादेश, श्रीलङ्का, भूटान, आफ्गानिस्तान र म्यान्मार जस्ता देशहरुमा गरेको व्यावहाले पनि नरेन्द्र मोदीलाई छिमेकी देसहरुले राम्रो मानिरहेका छैनन् ।

त्यसैकारण मोदी भारतमै पनि निकै आलोचित भएका थिए । उनै आलोचित मोदी र मोदीको पार्टी भारतिय जनता पार्टी अहिले भातको सबै भन्दा ठूलो दल बनेपनि पछारिएको हिसावमा भने वेपत्तै पछारीको छ । पछारिएकै कारण भारतमा मोदीले प्रधानमन्त्री बन्नको लागि अरु साना दलको बैशाखी टेक्नुपर्ने स्थिति आएको हो ।

हुनत भारतमा जो प्रधानमन्त्री भएपनि नेपाललाई हेर्ने भारतको नजरमा केही पनि परिवर्तन भने आएको पाइएको थिएन । नरेन्द्र मोदी भन्दा अगाडी भारतका प्रधानमन्त्री मनमोहन सिंह हुनुहुन्थ्यो । उहाँको पनि नेपालमाथि हेर्ने नजर तेती उत्कृष्ट भने थिएन । मोदीले जस्तो नाकाबन्दी लगाएर अत्याचार भने उहाँले गर्नुभएको थिएन ।

सबै तिर आलोचित मोदीलाई यसपाली भारतिय जनताले भने त्यती पत्याएनन् । तर मोदीको प्रतिशपर्धी भारतिय कांगेसले भने यसपटकको चुनावमा निकै उछाल हुने नतिजा ल्याएको छ । भारतमा कुल ५४३ सिटमा भएको निर्वाचनमा सत्तारूढ भारतीय जनता पार्टी (भाजपा) २४० सिटमा विजयी भएको छ । उसले गएको चुनावको तुलनामा ६३ सिट गुमाएको हो ।

प्रमुख प्रतिपक्षी दल भारतीय राष्ट्रिय कांग्रेस (आईएनसी)ले ९९ सिटमा जित हात पारेको छ । उसले गएको चुनावको तुलनामा ४७ सिट बढी पाएको हो । यसैगरी समाजवादी पार्टीले ३७ सिट, अल इन्डिया तृणमुल कांग्रेसले २९, द्रविड मुन्नेत्र कजगमले २२ सिट तथा तेलुगु देसामले १६ र जनता दल (एकीकृत)ले १२ सिट जितेको छ । यो नतिजा भनेको मोदी अनि मोदीको पार्टीको लागि निकै लाजमर्दो नतिजा भएको आंकलन गर्न सकिन्छ ।

भारत सँग टाढा हुँदै छिमेकी

मोदीकै सरकारले सन् २०१५ मा नेपाललाई घुढा टेकाउन नाकाबन्दी गर्यो । नेपालले अतिनै आवाश्यक पर्ने सामानको लागि महिनौ दिन सम्म निकै शंघर्ष गर्यो । तर नेपालमा केपी शर्मा ओलीको नेतृत्वको सरकारले भने तेतीबेला मोदीको घुढा टेकाएको थियो ।

अर्थात अन्त्ययमा निकै नरम भएर भारतले नाकाबन्दी खोल्नुपरेको थियो । त्यो नाकाबन्दी मोदीले नेपालको संविधानमा आपत्ति जनाउदै गर्नु भएको थियो ।

त्यसबेला चीनले नेपालमा धेरै मलहम लगाएको थियो ।

सन् २०१८ मा केपी शर्मा ओली पुनः प्रधानमन्त्री बनेपछि केपी शर्मा ओलीले चीनसँग केही सम्भौता गर्नुभएको थियो । नेपाल चीनको महत्वाकांक्षी योजना ‘वान बेल्ट वान रोड’मा पनि सहभागी भयो । त्यतिबेला भारतलाई ठूलै झड्का लागेको थियो ।
त्यतिबेला देखिनै भारतले नेपालमा केपी ओली नेतृत्वको सरकार नरुचाएको बुझ्न सकिन्छ ।

 

सन् २०१७ मा श्रीलंकाले आफ्नो हम्बनटोटा बन्दरगाह चीनलाई सुम्पेको थियो । जबकि अधिकतार योजना महिन्दा राजापाक्षेको कार्यकालमा नै सुर भएको थियो । उनको दल अझै लोकप्रिय मानिन्छ । स्थानीय चुनावमा उनको दललाई राम्रै सफलता मिलेको छ।

प्रधानमन्त्री बनेपछि मोदी दुई पटक श्रीलंका पुग्नुभएको थियो । श्रीलंकाले हम्बनटोटा बन्दरगाह चीनलाई सुम्पेपछि मोदी श्रीलंका सितपनि आक्रोसित हुनु भएको थियो ।

यसै गरि मोदीको पहिलो कार्यकाल र दोस्रो कार्यकाल छिमेकी मुलुककोे लागि त्यति फलदाई भने नएको मान्न सकिन्छ ।

अब के होला?

अब पहिला जस्तो एकलौटी निणर्य गर्ने छुट भने मोदीलाई पक्कै पनि हुने छैन । यो कार्यकाल मोदीको मत्तापन अबस्य पनि खस्कने छ भने मोदी भारतभर अलोकप्रिय हुने देखिएको छ । उहाँले पहिले कमाएको साख पनि गिर्दै जाने देख्न्छि । अब मोदीकोे मात्र नजर नरहेर मोदी सँग गासिएका साना दलको समेत नजरको मिश्रण भएर भारतको नेपाल हेर्ने नजर हुने देखिन्छ ।

उता हिजो नेसनल डेमोक्रेटिक अलायन्स– एनडीए गठबन्धनले नरेन्द्र मोदीलाई सर्वसम्मतीले गठबन्धको नेता चयन गरेको छ । गठबन्धनले जुन ७ मा नयाँ सरकार गठनको तयारी गरेको छ । त्यसका लागि शुक्रबार मोदीसहित एनडीएका नेताहरुले राष्ट्रपति द्रौपदी मुर्मुलाई भेट्ने तयारी गरेका छन् भने जुन ८ मा मोदीले भारतको नयाँ प्रधानमन्त्रीको सपथ लिने भएका छन् ।

त्यसका लागि हिजै उहाँले प्रधानमन्त्री पदबाट राजीनामा दिनुभएको छ । एनडीए गठबन्धनको समर्थनमा नरेन्द्र मोदी लगातार तेस्रो कार्यकालका लागि प्रधानमन्त्री बन्ने निश्चित जस्तै छ । तर पहिलेको दुई कार्यकालका तुलनामा उनी कमजोर प्रधानमन्त्री हुनेछन् । गठबन्धनमा रहेका दललाई भड्किन नदिई सत्ता चलाउनु र पाँच वर्षलाई त्यो सत्ता टिकाउनु मोदीका लागि चुनौती हुनेछ ।

चतुर मोदीले छिमेकी राष्ट्रहरुको हात लिनको लागि अहिले मोदीले शपथ ग्रहणमा छिमेकी मुलुकका राष्ट्र प्रमुख तथा सरकार प्रमुख उपस्थित हुन आग्रह समेत गर्नु भएको छ । त्यसमा नेपालको प्रधानमन्त्री पुप्पकमल दाहाल पनि जाने हुनुभएको छ ।

 

 

 

 

 

 


791
Shares

प्रतिक्रिया दिनुहोस !