१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

ट्रकको ठक्करले घाइते पैदलयात्रीको गयो ज्यान

प्रकाशित मिति :  २४ जेष्ठ २०८१, बिहीबार १८:३२


काठमाडौं । कास्कीको अन्नपूर्ण गाउँपालिकामा ट्रकको ठक्करबाट घाइते एक जना पैदलयात्रीको ज्यान गएको छ ।

बिहीबार दिउँसो करिब १ः५० बजेको समयमा अन्नपूर्ण–१ को नौडाँडामा ग १ क २६२५ नम्बरको ट्रक अनलोड गरी ब्याक गर्ने क्रममा पैदलयात्री स्थानीय ७० वर्षीय दुर्गाप्रसाद दाहाललाई ठक्कर दिएको थियो ।

गम्भीर घाइते दाहालको पोखराको मेट्रोसिटी अस्पतालमा ज्यान गएको कास्की प्रहरी प्रवक्ता डीएसपी वसन्तकुमार शर्माले बताउनुभयो ।

ट्रक र ट्रक चालक धादिङको गल्छी गाउँपालिका–२ बस्ने ३५ वर्षीय ३५ लेख बहादुर श्रेष्ठलाई नियन्त्रणमा लिएको शर्माले जानकारी दिनुभयो ।

घटनाबारे थप आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


226
Shares

प्रतिक्रिया दिनुहोस !