१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

नेपाललाई किन अवाश्यक छ बीआरआइ

प्रकाशित मिति :  १५ जेष्ठ २०८१, मंगलवार १३:२०


––सुन्दर कार्की

काठमाडौं । चीनले भयानक महत्वकाङ्क्षी परियोजना बीआरआइ अघि सार्ने र नेपालले केही फाइदा लिन नसक्नु नै नेपालमा विकासको गति कम भएको मन्न सकिन्छ ।

चीनले अघि सारेको महत्वकाङ्क्षी परियोजना बीआरआइ विकासको पार्यवाची सव्द नै हो । अहिले चीन हर कुरामा अघि छ । अहिले चीन विश्वकै शक्ति राष्ट्र वनिसकेको छ । यस्तो शक्तिसाली राष्ट्र चीनले अघि सारेको महत्वकाङ्क्षी परियोजना नेपालको लागि वरदान नै हो ।

के हो बीआरआइ, किन बीआरआइ नै नेपालमा आवाश्यक छ ?

चीनको एक विशाल र महत्वाकांक्षी परियोजना हो बीआरआइ , सन् २०१३ को सेप्टेम्बरमा कजाकस्तानस्थित नाजार्बाएव विश्वविद्यालयमा सम्बोधनका क्रममा चिनियाँ राष्ट्रपति सी जिनपिङले ‘सिल्क रोड इकोनोमिक बेल्ट’ निर्माण गर्ने प्रस्ताव गर्नुभएको थियो ।

त्यसको एक महिनापछि इन्डोनेसिया भ्रमणमा राष्ट्रपति सीले ‘ट्वेन्टी फस्ट सेन्चुरी म्यारिटाइमी सिल्क रोड’ निर्माणको प्रस्ताव गर्नुभयो ।

पछि यी दुवैलाई मिसाएर चिनियाँ राज्य परिषद्को योजनामा ‘वान बेल्ट वान रोड’ का रूपमा प्रस्तुत गरियो । अहिले यसलाई ‘बेल्ट एन्ड रोड इनिसियटिभ’ पनि भनिन्छ ।

बीआरआइमा उल्लिखित ‘रोड’ ले समुद्री मार्गलाई जनाउँछ भने ‘बेल्ट’ ले स्थलमार्गलाई जनाउँछ । बेल्टले चीनको पश्चिमी भागलाई मध्य एसिया, रूस, युरोप, भूमध्य सागर, अरब सागर, दक्षिणपूर्वी एसिया, दक्षिण एसिया र हिन्द महासागरसँग जोड्छ । त्यसैगरी ‘रोड’ ले समुद्री मार्गद्वारा चीनलाई युरोप र अफ्रिकासँग जोड्छ ।
त्यसैकारण नेपाल जस्तो कम विकसित मुलुकको लागि बीआरआई बरदान हुन्छ ।

अर्को कुरा नेपाल भुपरिवेष्ठीत राष्ट्र हो । भुपरिवेष्ठीत राष्ट्रलाई बीआरआइको योजनाले धेरै फाइदा पुराउने र कुनै राष्ट्रको आडमा बस्नुनपर्ने बनाउने हुदाँ नेपालको जय नै हुने देखिन्छ । मुख्य कुरा बीआरआई कै कारण भारतको दबदवा नेपालमा नहुने हुदाँ पनि नेपालले बीआरआई अंगाल्नै पर्ने देखिन्छ ।

नेपाललाई चीनसँग जोडिएको भौगोलिक अवस्था एक प्रमुख चुनौतीका रुपमा रहदै आएको छ ।

बीआरआइ परियोजनाले नेपालको भौगिलिक अबस्थाको चुनौतिलाई सावाधान गर्ने हुदाँ नेपाललाई चीन सँग मात्र नभएर बीआरअईमा जोडिएका देशसँग व्यापर गर्न कुनै झन्झ्ट हुने छैन । त्यसै कारण नेपालले कुनै पनि मुलुक सँग व्यापर गर्दा भौगोलि अबस्था र भुपरिवेष्ठीत हो भनेर बस्नु नपर्ने हुन्छ ।

यसले नेपालको आर्थिक क्रान्तिको ठूलो बाटो खुल्दछ ।

अब नेपालले पनि नीतिगत समन्वय, रेलवे र हाईवे सहितको संरचना, खुल्ला व्यापार, आर्थिक समन्वय र जनजनको सामीप्य जस्ता विषयलाई मुख्य आधारका रुपमा लिएर बीआरआइ प्रति सकारात्मक हुनु पर्छ ।

हाम्रै छिमेकी राष्ट्रको त्यती भयङ्कर ठूलो परियोजना हुने र नेपालमा विकासमा केही हद सम्म व्रेक लाग्नु भनेको नेपालको लागि राम्रो कुरा भने पक्कै होइन ।

फेरी नेपालमा अहिले इन्डो अमेरिकी हस्तक्षेप वढी भइरहेको देख्न सकिन्छ । त्यसको कारण उनीहरुले नेपाललाई उनीहरुकै पोल्टामा राख्न चाहान्छन । त्यसैकारण अलिकति भारतले भनेको नमान्दा हामी नेपाललीले पटक पटक नाकावन्दीको समाना गर्नु परेको कुरा जगजाहेरै छ ।

सधै आफ्नो अधिनमा राख्न खोज्ने भारतले नेपाललाई केही सिप नलागे नाका बन्दी लगाएर भएनि तह लगाउन खोज्ने गरेको कुरा प्रश्ट छ ।

अमेरिकाले पनि नेपाललाई हेर्ने नजर उस्तै हो ।

त्यसैकारण र नेपालको भावि दिर्घकालिन विसकासको लागि हाम्रो जस्तो मुलुकको लागि बीआरआई अत्यन्त आवाश्यक रहेको पाईन्छ ।
नेपाल जस्तो भुपरिवेष्ठित मुलुकको लागि समाजिक, आर्थिक र भौतिक विकासको लागि बीआरआई अत्यन्त आवाश्यक छ ।

बीआरआई नेपालमा कार्यन्यन हुँदा नेपालको विकासमा कायापलट हुने करा त छदै छ त्यसको अलवा रोजगारी बढाउने, आम्दानी बढाउने तथा आर्थिक वृद्धि हुने पनि निश्चित देखिन्छ ।

नेपाल भुपरिवेष्ति मुलुक भएका कारणले गर्दा नेपाल र चीन विच रेलको कनेक्सन हुनु अत्यन्त महत्वपूर्ण कुरा मान्न सकिन्छ ।
बीआरआईले चीन सँग मात्र नभएर अरु देस सँग पनि सडकमार्ग वा रेलमार्गबाटै व्यापार गर्ने बाटो खोल्दछ । सोही कारण पनि नेपालमा बीआरआई आवाश्यक रहेका पाईन्छ ।


904
Shares

प्रतिक्रिया दिनुहोस !