१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

इजिप्टबाट केरम शालोम हुँदै सहायता ट्रकहरू गाजामा प्रवेश

प्रकाशित मिति :  १३ जेष्ठ २०८१, आईतवार १९:१५


कायरो । इजिप्टबाट सहायताका ट्रकहरू इजरायल नियन्त्रित केरेम शालोम सीमाक्षेत्र हुँदै आइतबार गाजा क्षेत्रमा प्रवेश गर्न थालेको इजिप्टको राष्ट्रिय समाचारमाध्यम अल–काहेरा न्यूजले जनाएको छ ।

इजरायलले प्यालेस्टिनी क्षेत्र कब्जा गरेपछि मे सुरुदेखि बन्द गरेको इजिप्टपट्टीको राफाह सीमाबाट सहयोग सामग्री लिएर कूल २०० ट्रकहरू राफाहबाट लगभग चार किलोमिटर दक्षिणमा रहेको केरेम शालोम सीमातर्फ लागेका छन् ।

इजिप्टले इजरायली सेनाले प्यालेस्टिनी पक्षलाई नियन्त्रणमा लिएसम्म राफाहमार्फत सहयोग समन्वय गर्न अस्वीकार गरेको छ । तर शुक्रबार इजिप्टका राष्ट्रपति अब्देल फताह अल–सिसीले आफ्ना अमेरिकी समकक्षी जो बाइडेनसँगको वार्तामा दक्षिणी गाजामा अर्को प्रवेश बिन्दु केरेम शालोममार्फत सहयोगको अनुमति दिन सहमत हुनुभएको ह्वाइट हाउसले जनाएको हो ।

अल–काहेरा न्यूजले घेराबन्दी गरिएको गाजामा निरीक्षणपश्चात कति ट्रकहरू सीमा पार गरे भनेर निर्दिष्ट नगरेको भएतापनि ‘चार इन्धन ट्रक’ सीमा पार गरिसकेर अस्पतालतर्फ गइरहेका जानकारी गराएको छ ।

इजिप्टबाट आउने सबै सहायता इजरायली अधिकारीहरूद्वारा निरीक्षण गरिन्छ र संयुक्त राष्ट्रसङ्घमार्फत वितरण गरिनेछ ।

“बाँकी २०० सहायताका ट्रकहरू आज गाजामा प्रवेश गर्ने अपेक्षा गरिएको छ,” अल–अरिसमा इजिप्टियन रेड क्रिसेन्टका प्रमुख खालिद जायदले भन्नुभयो ।
-रासस


0
Shares

प्रतिक्रिया दिनुहोस !