१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

म्यान्माले वर्षायाममा दुई करोड रुख रोप्ने

प्रकाशित मिति :  १३ जेष्ठ २०८१, आईतवार १९:१३


याङ्गुन । म्यान्माले सामान्यतया जुनदेखि अक्टोबरसम्म फैलिने यस वर्षाको मौसममा राष्ट्रव्यापी २२ हजार एकड जमिनमा दुई करोड २३ लाख रूख रोप्ने लक्ष्य राखेको छ ।

यस वर्षको अप्रिल र मे महिनामा म्यान्मामा सबैभन्दा बढी तापक्रम रेकर्ड गरिएको थियो । म्यान्मामा एसियाली देशहरूको सन्दर्भमा काठ र इन्धनको उच्च खपत रहेको छ । यसमा ७० प्रतिशतभन्दा बढी जनसङ्ख्या काठ र कोइलामा निर्भर छन् ।

यो निर्भरताले वन स्रोतको दिगो व्यवस्थापन, वातावरण संरक्षण र जलवायु परिवर्तनसँग लड्ने प्रयासहरूमा चुनौती खडा गरेको छ । त्यसैले यी समस्याहरूलाई सम्बोधन गर्ने उद्देश्यले यस वर्षायाममा दुई करोडभन्दा बढी रूख रोप्ने पहल गरिएको छ ।
–रासस


0
Shares

प्रतिक्रिया दिनुहोस !