१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

सन्दीपलाई देखाएर के गर्न खोज्दैछ अमेरिका ?

प्रकाशित मिति :  १० जेष्ठ २०८१, बिहीबार १७:३६


–– प्रदिप तिमल्सिना-
काठमाडौं । नेपालमा अमेरिकी हस्तक्षेप बढ्दै गएको छ ।

पछिल्ला केही घटनाक्रमले यसको पुष्टि गरेको सहजै अनुमान गर्न सकिन्छ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउबारे अमेरिकी प्रतिक्रिया र सन्दीप लामिछानेको भिसा अस्वीकारबाट पनि नेपालमा अमेरिकी हस्तक्षेपलाई बुझ्न सकिन्छ ।

कुरा सिरोहिया र लामिछानेको होइन यी दुई घटनालाई देखाएर अमेरिकाले नेपालभित्र खेल्न खोजेको हो । अहिले नेपालमा पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार छ । त्यो सरकारमा राष्ट्रवादी एमाले पनि छ । अहिलेको सरकार अमेरिका प्रतिकूल सरकार हो । अहिलेको सरकार अमेरिकाको इशारामा बनेको सरकार होइन । त्यसकारण पनि अमेरिकाले यो सरकार गिराउन अनेक प्रयास गर्ने कुरालाई नर्कान सकिँदैन ।

सिरोहिया पक्राउ र सन्दीपको भिसा यी दुई घटना पूरै फरक विषय हुन् । तर यी दुई घटनामा अमेरिकी चालबाजीको एउटै उद्देश्य हो नेपाल सरकार विरुद्ध लाग्नु ।

कैलाश सिरोहिया पक्राउको विषयमा नेपालस्थित अमेरिकी दूतावाको स्टेटमेन्ट र क्रिकेटर सन्दीप लामिछानेलाई टी–२० विश्वकपका लागि भिसा दिन अस्वीकार यी दुई फरक घटनाको माध्यमबाट अमेरिकाले नेपाललाई अप्ठ्यारोमा पार्न खोजेको देखिन्छ ।

सिरोहिया पक्राउमा बुधबार सांकेतिक असन्तुष्टि जनाउँदै अमेरिकी दूतावासले एउटा स्टेटमेन्ट जारी गरेको थियो भने बुधबार नै सन्दीपलाई भिसा दिन अस्वीकार गरेको कुरा बाहिरिएको थियो ।

सिरोहिया पक्राउप्रति सांकेतिक र घुमाउरो तरिकाले असन्तुष्टि जनाउँदै अमेरिकी दूतावासले सुशासन, प्रेस स्वतन्त्रता र जनताका मौलिक अधिकारहरू सुनिश्चित गर्नेबारे नेपाल सरकार र नेपाली जनताले सार्थक संवाद् गर्ने आशा राखेको सो स्टेटमेन्टमा उल्लेख गरेको छ । यहाँ प्रष्ट हुन आवश्यक छ कि सिरोहियाको पक्राउ प्रेस स्वतन्त्रतासँग जोडिएको छैन नागरिकतासम्बन्धी मुद्दामा जोडिएको छ र सो विषय अदालत पुगिसकेको छ ।

सञ्चारगृहमा प्रहरी प्रवेश गर्नु राम्रो होइन तर आरोपी व्यक्ति सोही सञ्चारगृहमा रहेपछि पक्राउ गर्नु प्रहरीको क्षेत्राधिकारभित्रको कुरा हो । तर यो विषयमा अमेरिकाले बुझ्दै नबुझी हतारमा प्रतिक्रिया दिएको छ ।

कुनै एक मिडिया उद्योगको पत्रकार नभइ अध्यक्ष नागरिकता मुद्दामा पक्राउ पर्दा देखिएका पछिल्ला प्रतिक्रियाले विदेशी र देशको भेषमा देखिएका विदेशीबीच गहिरो सम्बन्धलाई उजागर गरेको छ ।

अमेरिकाले कान्तिपुर बोक्न खोज्नु त्यसको एउटा पाटो पनि हो । प्रमुख प्रतिपक्षी कांग्रेसले त सिरोहियालाई बोक्दै सरकार विरुद्ध उत्रने निर्णय पनि गरेको छ । सिरोहिया पक्राउमा अमेरिका असन्तुष्ट हुनु र कांग्रेसले रवि लामिछानेलाई देखाएर सरकार ढाल्न प्रयास गर्नु एकैपटक देखिएको छ ।

अब कुरा गरौं सन्दीपको । आईसीसी टी–२० विश्वकप २०२४ का लागि नेपाली टोली अहिले अमेरिकामा छ । बलात्कार मुद्दामा सफाइ पाएका सन्दीपलाई अमेरिका र वेस्टइण्डिजमा हुने विश्वकपमा खेल्न पठाउनका लागि नेपाल क्रिकेट संघ क्यानले पक्रिया थालेको थियो ।

सन्दीपलाई विश्वकपमा सहभागी बनाउन क्रिकेटको सर्वाेच्च संस्था अन्तर्राष्ट्रिय क्रिकेछ परिषद् (आईसीसी) सँग पनि कुरा ग¥यो । आईसीसीले सन्दीपलाई खेल्नका लागि अनुमति दियो ।

तर सन्दीपलाई अमेरिकाले भिसा दिएन । सन्दीपको सफाइपछी न्यायिक प्रक्रियामाथि समेत प्रश्न उठिरहेको र त्यसपछिका घटनाक्रमलाई नजिकबाट हेरिरहेको अमेरिकाले फैसलाको पूर्णपाठ कुरेको होकि सन्दीपलाई देखाएर नेपालमाथि खेल्न खोजेको भन्ने प्रष्ट हुन बाँकी छ ।

पहिला पनि दिएको थिएन अमेरिकाले सन्दीपलाई भिसा

अमेरिकी दूतावासले यसअघि पनि सन्दीपलाई भिसा दिन अस्वीकार गरेको थियो । सन् २०१९ अगस्ट १३ (२०७८ साउन २८) मा अमेरिकालले भिसा दिन अस्विकार गरेको थियो । सन्दीपले ट्वीटरमा पोस्ट गर्दै प्रधानमन्त्री कार्यालय र अमेरिकी दूतावासलाई मेन्सन गरेपछि दुतावासले फेरि बोलाएर भिसा दिएको थियो । तर अहिले परिस्थिति फरक छ ।

सन्दीप बलात्कार मुद्दामा मुछिएर सफाइ पाएका छन् । अमेरिकी दूतावासले भिसा नदिएपछि सन्दीपका समर्थकले सामाजिक सञ्जालमा विरोध गरिरहेका छन् । तर अमेरिकी दूतावासले भने व्यक्ति विशेषका कुरामा टिप्पणी नगर्ने बताएको छ ।

नयाँ समीकरण बनेपनि नेपालमा प्रधानमन्त्री पुष्पकमल दाहाल नै हुनुहुन्छ । तर सरकार कसै सँग पनि डगमगाएको भने छैन । निडर सरकार बनेको अमेरिकाले हेर्न सक्दैन । भारतले पनि हेर्न सक्दैन । त्यसले सन्दीपको ढाडमा टेकेर सरकार ढाल्ने अमेरिकी प्रयासस्वरुप पछिल्ला घटनाक्रम देखिएको प्रष्ट हुन्छ ।

त्यसो त इण्डो अमेरिकी खेमाले नेपालमा सरकार स्थिर रहन दिँदैन । अहिले देशहितको सरकार बनिरहेका बेला इण्डो अमेरिकी खेमा एक भएर नेपालमा सरकार ढलाउने प्रयासमा लागिरहेको बुझ्न सकिन्छ । सन्दीपलाई अमेरिकमा भिसा नदिनु भनेको अमेरिकाले नेपालको अहिलेको सरकारलाई नकार्नु हो भन्दा फरक नपर्ने यस क्षेत्रका जानकारहरु बताउँछन् ।


2.6k
Shares

प्रतिक्रिया दिनुहोस !