१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

सन्दीप लामिछानेको उच्च अदालत पाटनमा मुद्दामा आज सुनुवाइ

प्रकाशित मिति :  २ जेष्ठ २०८१, बुधबार ०९:२८


काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा उच्च अदालत पाटनमा बुधबार पनि सुनुवाइ हुँदैछ । मंगलबार न्यायाधीश सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको संयुक्त इजलासमा परेको मुद्दामा सुनुवाइ नसकिएपछि ‘हेर्दाहेर्दै’मा राखिएको थियो ।

सन्दीपका तर्फबाट मंगलबार वरिष्ठ अधिवक्ताहरू रामनारायण बिडारी, रमण श्रेष्ठ, शम्भु थापा, कृष्ण सापकोटा, मुरारी सापकोटा लगायतले बहस गरेका छन् । आज पनि सो बहसले निरन्तरता पाउने छ भने अदालतले फैसला दिनसक्ने सम्भावना छ ।

बलात्कार मुद्दामा दोषी ठहर गर्दै लामिछानेलाई जिल्ला अदालत काठमाडौंले गत पुस २५ गते ८ वर्ष जेल सजाय सुनाएको थियो । जिल्ला अदालतको फैसलापछि सन्दीपले फागुनमा उच्च अदालत पाटनमा पुनरावेदन दिएका थिए ।


226
Shares

प्रतिक्रिया दिनुहोस !