१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

फेरि जाग्यो समृद्ध नेपाल, सुखी नेपाली

प्रकाशित मिति :  १ जेष्ठ २०८१, मंगलवार १६:४०


काठमाडौं । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले समृद्ध नेपाल सुखी नेपालीको अवधारणालाई पुर्नजिवित गरेको छ ।

सरकारको नीति तथा कार्यक्रममा समृद्ध नेपाल सुखी नेपालीलाई राष्ट्रिय आकांक्षा भनिएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्मा वाचन गर्नुभएको नीति तथा कार्यक्रममा समृद्ध नेपाल, सुखी नेपाली उल्लेख छ ।

समृद्ध नेपाल सुखी नेपालीको अवधारणालाई विगत केपी शर्मा ओली नेतृत्वको सरकारले राष्ट्रिय आकांक्षा तथा सपनाका रुपमा अगाडि बढाएको थियो । ओली सरकारले यही नीति अनुसार विकास निर्माणका काम व्यापक रुपमा अगाडि बढाएको थियो ।

ओली पछिका सरकारले समृद्ध नेपाल सुखी नेपालीको अवधारणा त्यागेका थिए । तर, वर्तमान सरकारले भने सो अवधारणालाई पुर्नजिवित गरेको हो ।

एमाले अध्यक्ष ओलीले केही दिन अघि समृद्ध नेपाल सुखी नेपालीलाई महान मन्त्र भन्नुभएको थियो ।


226
Shares

प्रतिक्रिया दिनुहोस !