१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

कांग्रेस संसदीय दलको बैठक बस्दै

प्रकाशित मिति :  १ जेष्ठ २०८१, मंगलवार ०८:०२


काठमाडौं । प्रमुख प्रतिपक्षी नेपालीकाे कांग्रेसकाे संसदीय दलको बैठक आज बस्दैछ ।

कांग्रेस संसदीय दलकाे कार्यालय सिंहदरबारमा बिहान ९ बजे बस्ने कांग्रेस संसदीय दलको बैठकले सदनमा प्रस्तुत हुने रणनीतिबारे निर्णय गर्नेछ ।

कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगी काण्डमा छानबिनका लागि संसदीय छानबिन समिति गठनकाे मागलाई बटमलाइन बनाएकाे छ । समिति नबनेसम्म सदनमा सरकारकाे नीति तथा कार्यक्रम समेत प्रस्तुत गर्न नदिने कांग्रेसकाे अडान छ । संसदीय दलकाे बैठकले यस विषयमा निर्णय गर्नेछ ।

संसदीय दलको बैठकअघि सभापति एवं कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाले संसदीय दल कार्यसमितिको बैठक बाेलाउनुभएकाे छ ।


113
Shares

प्रतिक्रिया दिनुहोस !