७ जेष्ठ २०८१, सोमबार
  • हाम्रो बारेमा
  • विज्ञापन

किन रोक्छ भारतले नेपाललाई पटक-पटक विष्फोटक पदार्थ …

प्रकाशित मिति :  २८ बैशाख २०८१, शुक्रबार १४:१२


––प्रदिप तिमिल्सिना

काठमाडौं । हो भारतले फेरि नेपालाई विष्फोटक पदार्थ रोकेको छ । जसका कारण नेपालमा निमार्णधिन ठूला–ठूला परियोजनाहरु अलपत्र पर्ने अबस्था देखिएको छ ।

पुष्पकमल दाहालले कांग्र्रेसको समिकरण छाडेर एमाले सँगको नयाँ समिकरणमा सरकार बनाएको केही दिन देखि नै भारतले नेपाललाई विष्फोटक पर्दार्थ निर्यातमा रोकेको थियो ।

विष्फोटक पर्दार्थकै कारण नेपालका कयै आयोजनाहरु अलपत्र पर्ने स्थितिमा पुगेको पाइएको छ । भारतले आफूअनुकुल सरकार नेपालमा नपाउँदा अनेक बहान बनाएर नेपाललाई थला पार्ने स्थिति सम्म पुर्याउनु भारतको रणनिति हो ।

अहिले भारतले नेपालको ठूला गौरवको आयोजना बनाउन चाहिले विष्फोटकमा रोक लागएको कारण नेपालले ठूलो क्षति भोग्नु पर्ने स्थिति आएको छ ।

त्यसो त अहिले भारतको भूमी हुँदै तेस्रो मुलुक जाने नेपालको चियामा पनि भारतले कडाइ गरेको छ । नेपालको चियाँ अन्तराष्ट्रिय जगतमै राम्रो मानिन्छ । सबैले रुचाएको पनि हो । तर नेपालको चियाँ नेपालामै थन्कियोस भन्ने भारतको चहाँना हो ।

कहिले अलैचिको लागि बाटो नदिने, कहिले चियाँको लागि बाटो नदिने, कहिले विकास निमार्णको काममा चाहिने विष्फोटक पदार्थ रोक्ने कहिले नाका बन्दी लगाउने, लगाएत अनेक लाजमर्र्दो काम भारतले गरिरहेको छ ।

अहिले नेपालको गौरवको आयोजना चीन नेपाल मैत्री औद्योगिक पार्क पनि भारतकै इसारमा रोकिएको हो भन्ने कुरा प्रश्ट भएको छ ।
त्यसो त नेपालको विमान स्थालमा पनि भारतले गिद्धे नजर गरिरहेको कुरा वाहिर नआएको होइन ।

भारतले आफ्नो कब्जामा लिन नसकेपछि भैरहवाको र पोखराको अन्तराष्ट्रिय विमानस्थल सञ्चालनमा वाधा उत्पन्न गरिरहेको छ ।

अनेक प्रलोभन देखाएर भारतले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल पनि आफ्नो नियन्त्रणमा लिन पटक पटक प्रयास नगरेको समेत होइन ।

यसरी आफूअनुकुल नेपालको सरकार हुँदा हर कुरामा सहज गर्ने, अनि आफू प्रतिकुल सरकार हुदाँ जे केही कुरामा पनि बाधा उत्पन्न गर्ने भारतको नेपाल तर्फको रणनिति नै बनेको छ ।

यो रणनिति भारतमा जसको सरकार बनेपनि फेरिएको अबस्था भने देखिएको छैन ।

अहिलेको कुरा गर्दा भारतले विष्फोटक पदार्थ रोकेको कारण नेपालको ठूला जलविद्युत आयोजनाहरु बरावाद हुने स्थितिमा पुगेको छ ।

विष्फोटक पर्दार्थकै कारण जलविद्युत आयोजनाहरु समयमै नसकिनेर लागत बढ्ने निमार्ण व्यवसायीहरु बताउँछन् ।
फेरि भारतले भारतिय कम्पनिले निमार्ण गरिरहेको जलविद्युत आयोजनाहरुमा भने विष्फोटक पदार्थ रोकेको छैन ।

मात्र चिनियाँ कम्पनि र नेपाली कम्पनीले निमार्ण थालेको आयोजनाहरुमा भारतले विष्फोटक पदार्थ रोकेको हो ।

अहिले विष्फोटक पदार्थकै कारण सडक, सुरुङ र जलविद्युत आयोजनाहरु प्रभावित भएका छन् । भने ४० प्रतिशत निमाणधिन जलविद्युत आयोजना अहिले प्रभावित भएका छन् ।

भारतले अफूले मात्र विष्फोटक पदार्थ नरोकेर भारत हुँदै अन्य मुलुकबाट आउने विष्फोटक पदार्थ पनि रोकेको पाइएको छ ।

चीनबाट विष्फोटक पदार्थ नेपाल ल्याउन महंगो पर्छ । तर पनि जतिनै महंगो भएपनि ल्यउनै पर्ने वाध्यतमा पनि भारतले नेपालको आफूअनुकुल सरकार हुँदा अनेक गरेर सहजै ल्यउन नपाउने प्रवधान घुसाएको थियो ।

नेपलमा विष्फोटक पदार्थको एक मात्र उत्पादक भनेको नेपाली सेना हो । तर नेपाली सेनाले मात्र उत्पादन गरेको विष्फोटकले नेपलमा एक छेउ पनि पुग्दैन ।

सेनाले दैनिक १० टन मात्र विष्फोटक उत्पादन गर्छ ।

चीन नेपाल मैत्री औद्योगिक पार्कको कुरा गर्दै प्रदिप तिमिल्सिना लेख्नुहुन्छ ।

नेपालमा भर्खरै सकिएको लगानी सम्मेलनमा ५० भन्दा धेरै देशका १००० भन्दा धेरै व्यक्तिको सहभागित रहेको थियो । त्यो सम्मेलनमा चीन नेपाल मैत्री औद्योगिक पार्कमा.नेपाल र चीनले हस्ताक्षर गर्ने सम्भैता बनाएका थिए । तर त्यसमा पनि भारतले भारतको सुरक्षमा गम्भिर असर पर्ने भन्दै हस्ताक्षर रोकेको थियो । अर्थात भातरले नेपालको ठूलो विकास रोक्यो ।

नेपाल र चीनले गर्ने गर्छु भनेर ठिक्क पारेको सम्झैता रोक्नु भनेको भारतको नेपाल तर्फको राम्रो चाल भने पक्कै होइन ।

तर किन हो भारतले यत्रो नेपाल प्रति गलत नियत राखिरहदाँ समेत नेपालका उच्च पदस्थ व्यक्ति र नेपाल सरकार मौन छन् ।



प्रतिक्रिया दिनुहोस !