७ जेष्ठ २०८१, सोमबार
  • हाम्रो बारेमा
  • विज्ञापन

बाइडेनले इजराइललाई धम्की दिएपछि…

प्रकाशित मिति :  २८ बैशाख २०८१, शुक्रबार १०:४४


काठमाडौं । धम्कीबाटै काम तमाम गर्ने अमेरिकी राष्ट्रपछि जो बाइडेनले इजलाइललाई दिएको धम्कीको इजराइलले सह्य नहुने भनेर खण्डन गरेको छ ।

दुई शीर्ष इजराइली अधिकारीले बिहीबार भीडभाडयुक्त सहर रफाहमा आक्रमण गरे इजराइललाई केही हतियार आपूर्ति रोक्ने अमेरिकी राष्ट्रपति जो बाइडेनको धम्कीको आलोचना गरेका छन् ।

अमेरिकाले इजराइललाई हतियार रोक्ने भनेर धम्की दिएको थियो ।

संयुक्त राष्ट्रसंघका लागि इजराइलका राजदूत गिलाड एर्डनले बाइडेनको धम्कीको प्रतिक्रिया दिदै सार्वजनिक रेडियोमा भन्नुभयो –‘यस्तो धक्मी राष्ट्रपति बाइडेनको मुखबाट सुन्न कठिन र अत्यन्त निराशाजनक कथन हो जसको हामी युद्धको प्रारम्भदेखि नै आभारी छौँ’ ।

यदि इजराइलले रफाहमा आक्रमण गर्यो भने हामी इजराइललाई दिएको हतियार बन्द गछौं भनेर चेतावनी दिदै बाइडेनले इराराइलको बमका कारण गाजमा नागरिक मारिएको बताउनुभयो ।
इजराइलका अति दक्षिणपन्थी अर्थमन्त्री बेजेलेल स्मोट्रिचले अमेरिकी धम्कीका बाबजुद सरकारले गाजामा आफ्नो लक्ष्य पूरा गर्ने बताउनुभयो ।

‘राष्ट्रपति बाइडेनको धक्का र हतियार प्रतिबन्धका बाबजुद हामी यो युद्धमा पूर्ण जित हासिल गर्नेछौँ’, उहाँले एक विज्ञप्तिमा भन्नुभयो, ‘हाम्रा बन्धक घर नफर्केसम्म र हमास पूर्णरूपमा समाप्त नभएसम्म हामीले युद्ध जारी राख्नुपर्छ, यसमा रफाहलाई पूर्णरूपमा जित्नु र जतिसक्दो चाँडो राम्रो हुनेछ ।’

इजराइली सेनाले इजिप्टमा प्रवेश गर्ने रफाहको सीमालाई कब्जा गरेको थियो । यो घेरामा परेको गाजामा सहायताका लागि मुख्य प्रवेश विन्दु हो ।



प्रतिक्रिया दिनुहोस !