६ जेष्ठ २०८१, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

नेपालले चीनबाट के सिक्ने ?

प्रकाशित मिति :  २४ बैशाख २०८१, सोमबार १५:४४


––प्रदिप तिमिल्सिना

काठमाडौं । चिनियाँ नागरिकको कडा मेहनतले आजको चीन यहाँ सम्म आईपुगेको छ । आज चीन विश्वकै शीक्त सम्पन्न राष्ट्र बन्न पुगेको छ ।

चीन अहिले विश्वकै शक्ति राष्ट्र हो । अहिले हर चीजका चीन विश्वकै अग्रभागमा आउँछ । यसरी हर चिजमा चीन अग्रभागमा आउनुको कारण भनेको चिनियाँ नागरिकको कडा मेहनत र इमान्दारीता नै हो । त्यसै कारणले पनि नेपालीले सबै भन्दा पहिला चिनियाँ चिनियाँ नागरिकबाट इमान्दारीता सहितको कडा मेहनत सिक्नु पर्छ ।

अर्को कुरा नेपालीले चिनियाँ नागरिकाको भाषा सिक्न पनि अति जरुरी रहेको देखिन्छ ।
अहिले नेपलमा अंग्र्रेजी विषय जसरी नेपालको शिक्षामा अनिवार्य गरिएको छ त्यसरी नै अहिलेको परिपेक्षमा नेपालीले चिनियाँ भाषा सिक्न पनि अपरिहार्य रहेको छ ।

चीन विश्वको व्यापक ठूलो अर्थतन्त्र भएको मुलुक हो । चीनको अर्थतन्त्र ठूलो हुनुको कडी भनेको आयात कम र निर्यात धेरै हो ।

हो अहिले चीनले आयात कम र निर्यात धेरै गरेको छ । विश्वको हर कुनामा चीनको उत्पादन पुगेको छ ।

यसरी व्यापारको राजा देश चीन सँग नेपालले त्यहाँको व्यापारीक कुरा सिक्नु पर्ने देखिन्छ ।

नेपाल चिनियाँ पर्यटकको लागि व्यापक संभावना भएको मुलुक हो । रितिरिवाज सस्कृति हर चिजले गर्दा चिनियाँ पर्यटक नेपाल आउन लालाहित हुने गर्दछन् ।

चिनियाँ पर्यटक नेपाल आउन लालाहित हुनुको मूख्य कारण भनेको नेपाल भगवान बुद्धको देश हो । र नेपालको केही रितिरिवाज मिल्दा जुल्दा भएको कारणले गरेर पनि चिनियाँ पर्यटक नेपाल आउने भनेपछि लालाहित हुने गरेको पाईनछ । चीन पर्यटक भित्राउन पनि माहिर मुलुक हो । सो कारण पनि नेपालले चीनबाट कसरी पर्यटक भित्राउन सकिन्छ भनेर त्याँहा बाट सिक्न सकिन्छ ।

अर्को कुरा चीन सहयोगि मुलुक पनि हो । चीनले नेपालको भौतिक विकास होस् या मानविय विकास होस् सबैमा चीनले नेपाललाई सहयोग गर्दै आईरहेको छ ।
चीनले आर्थिक पर्यावरणिय लगाएत अन्य क्षेत्रमा नेपाललाई सहयोग गर्दै आईरहेको छ ।

यी लगाएत नेपालले चीनबाट राजनीतिक सस्कार पनि सिक्न जरुरी रहेको देखिन्छ ।
नेपालको राजनीतिक अबस्थाबारे नेपालले अहिले जे भोगिरहेको छ । त्यो राम्रो होइन । अस्थिर राजनीतिले गर्दा नेपालको गरिमामानै आँच आउने हो की भनेर भन्न पनि सकिन्छ । त्यसै कारण पनि नेपालले चीनको जस्तो स्थिर गतिशिल सरकारबाट नेपालले पनि कसरी स्थिर गतिशिल राजनिति विकास गर्न सकिन्छ भनेर सिक्न जरुरी रहेको देखिन्छ ।

हाम्रो छिमेकी मुलुक देश विश्वकै सर्व सक्तिमा मुलुक भै रहदा हामिले कतै छिमेकी मुलुकबाट सिक्नु पर्ने कुराहरु नसिकेर पछि परेका त छैनौ भन्ने कुरा पनि आउन सक्छ ।

अब फेरी भाषाको कुुरा जोडौं । चिनियाँ भाषा नेपालीहरुको लागि अपरिहार्य भाषा हो । जसरी अहिले नेपालीले अंग्रेजी भाषालाई प्राथमिकताका साथ अघि सारेर पढिरहेका छौं हो त्यसरीने अहिले नेपालको परिपेक्षमा अहिले नेपालीलाई चिनियाँ भाषा अपरिहार्य रहेको छ ।

चीन अहिले उच्च शिक्षाको हव पनि हो । उत्कृष्ट उच्च शिक्षामा पहुँच पुर्याइरहेको चीनमा धेरै नेपालीहरु भाषाकै कारण चीनियाँ सरकारले दिने छात्रावितृमा पनि जान पाउँदैनन् । त्यसकारण नेपाललमा चीनियाँ भाषा अहिलेको युगमा अपरिहार्य रहेको छ ।

नेपालीहरुको व्यापारिक हब वनिरहेको चीनमा भाषाकै कारण धेरै नेपालीहरु निरास हुनु परेको अबस्था छ । जति नेपालीहरु भारत गएर खुलेआम आपm्नो मत राख्दछन् त्यसै गरि नेपालीहरु चीन गएर खुलेआम आफ्नो मत राख्न पाउँदैनन् किनभने त्यहाँ भाषाको अबरोध हुन्छ ।

त्यसै कारण पनि चिनियाँ भाषा नेपालीहरुको लागि अति आवाश्यक रहेको छ ।



प्रतिक्रिया दिनुहोस !