६ जेष्ठ २०८१, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

वाग्मतीमा आजदेखि तामाङ र नेपाल भाषा पनि सरकारी कामकाजको भाषा

प्रकाशित मिति :  २४ बैशाख २०८१, सोमबार ११:५१


काठमाडाैं । वाग्मती प्रदेशमा आजदेखि तामाङ र नेपाल (नेवारी) भाषा पनि सरकारी कामकाजको भाषाको रूपमा कार्यान्वयन हुने भएकाे छ ।

वाग्मती प्रदेश सरकारले बनाएको प्रदेश सरकारी कामकाजको भाषा ऐन, २०८० आजदेखि लागू हुने भएको हो । बिहान ९ बजे वसन्तपुरमा शुभारम्भ कार्यक्रम राखिएकाे छ ।

०८० कात्तिक २३ गते राजपत्रमा त्यस विषयमा सूचना प्रकाशन भएको थियाे । त्यसकाे १८० दिनपछि आज भाषा दिवस घोषणा गर्दै वाग्मती प्रदेश सरकारले कार्यान्वयनको औपचारिक शुभारम्भ गर्न लागेकाे हाे ।



प्रतिक्रिया दिनुहोस !