१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै

प्रकाशित मिति :  २१ बैशाख २०८१, शुक्रबार ०८:५६


काठमाडाैं । आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।

‘विश्वका लागि प्रेस : वातावरणीय संकट सामनामा पत्रकारिता’ भन्ने नारासाथ नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरी विश्व प्रेस स्वतन्त्रता दिवस मनाउन लागिएकाे हाे ।

दिवसका अवसरमा नेपाल पत्रकार महासंघले बिहान प्रभातफेरी कार्यक्रम गर्दैछ । सञ्चारसँग सम्बन्धित संघ-संस्थाले पनि विभिन्न कार्यक्रम गर्दैछन् । स्वतन्त्र एवं बहुलवादी प्रेसका लागि विन्डहक घोषणापत्र जारी गरेको दिनको सम्झनामा हरेक वर्ष मे ३ का दिन विश्वभर प्रेस स्वतन्त्रता दिवस मनाउने गरिन्छ ।

युनेस्कोको आयोजनामा नामिबियाको विण्डहक शहरमा भएको पत्रकारहरूको सम्मेलनले बहुलवादी र स्वतन्त्र प्रेसका लागि विण्डहक घोषणापत्र जारी गरेको थियो । त्यसैको सम्झनामा सन् १९९३ देखि संयुक्त राष्ट्रसंघले यो दिवस मनाउने निर्णय गरेको हो ।


678
Shares

प्रतिक्रिया दिनुहोस !