४ जेष्ठ २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

इलाम-२ एमालेका सुहाङ नेम्वाङ विजयी

प्रकाशित मिति :  १८ बैशाख २०८१, मंगलवार १३:१९


काठमाडाैं । इलाम प्रतिनिधि सभा क्षेत्र नम्बर-२ मा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङ विजयी हुनु भएको छ ।

नेपाली कांग्रेसका डम्बर खड्कालाई पाँच हजार ८ सय ३० मतान्तरले पराजित गर्दै नेम्वाङ प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएकाे हाे ।

वैशाख १५ गते भएकाे उपचुनाव अन्तर्गत मंगलबार बिहान सम्पन्न मतगणनामा नेम्वाङ २७ हजार ७ सय ७२ मत ल्याएर विजयी हुँखा उहाँका निकटतम् प्रतिष्पर्धी खड्काले २१ हजार ९ सय ४२ मत पाउनुभयाे ।

प्रतिनिधि सभा सदस्यका लागि खड्काको इलाम-२ मा यो दोस्रो हार हाे । यसअघि सुहाङका बुवा स्वर्गीय सुवास चन्द्र नेम्वाङ सँग पनि खड्का १ सय १४ मतले पराजित हुनु भएको थियो । सुवासकाे निधन भएपछि इलाम-२ मा उपचुनाव भएकाे हाे । बाउसँग झिनाे मतान्तरले हारेका खड्का छाेरासँग भने फराकिलाे मतान्तरले पराजित हुनुभयाे ।

स्तवन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिम ११ हजार ४ सय ५७ मतसहित तेस्राे र रास्वपाका मिलन लिम्बू ५ हजार ५० मत ल्याएर चौथो हुनुभएको छ ।



प्रतिक्रिया दिनुहोस !