२ जेष्ठ २०८१, बुधबार
  • हाम्रो बारेमा
  • विज्ञापन

काठमाडौंमा सुरू भयो नेपाल-चीन (तिब्बत) आर्थिक तथा व्यापार मेला

प्रकाशित मिति :  १७ बैशाख २०८१, सोमबार १७:००


काठमाडाैं । नेपाल-चीन (तिब्बत) आर्थिक तथा व्यापार मेला सुरु भएकाे छ ।

१७औं संस्करणकाे नेपाल-चीन (तिब्बत) आर्थिक तथा व्यापार मेला साेमबारदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको हो । मेलाकाे उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी, चीनको स्वशासित क्षेत्र तिब्बतका उपाध्यक्ष लाङ फुकुवान लगायतले उद्घाटन गर्नुभयाे ।

वैशाख २१ गतेसम्म चल्ने मेलामा ५० चिनियाँ र १५ नेपाली व्यापारिक कक्ष राखिएका छन् । नेपाली कक्षहरूमा नेपालबाट चीन निर्यात हुने करिब ४० निर्यातयोग्य वस्तु राखिएका छन् । नेपाली स्टलहरूमा जडीबुटी, सुगन्धित तेल, कफी, चिया, हस्तकला-काष्ठकला, धातुकला, कार्पेट, पश्मिना लगायत विभिन्न कम्पनीका उत्पादनहरू प्रदर्शनमा राखिएकाे छ ।

नेपाल र चीनको स्वशासित क्षेत्र तिब्बतमा प्रत्येक २-२ वर्षमा आलोपालो हुने गरी आर्थिक तथा व्यापार मेला आयोजना गर्ने सम्झौता बमोजिम यसपटक नेपालमा मेला आयोजना गरिएको हो ।



प्रतिक्रिया दिनुहोस !