२२ बैशाख २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

आठौं भक्तपुर महोत्सवबाट संकलित रकमबाट क्यान्सर पीडित बालिकालाई सहयोग

प्रकाशित मिति :  १३ बैशाख २०८१, बिहीबार ११:२५


भक्तपुर । भक्तपुरमा आयोजित आठौं भक्तपुर महोत्सवबाट संकलित रकमबाट क्यान्सर पीडित नौ वर्षीया बालिकालाई उपचारका लागि आर्थिक सहयोग गरिएको छ ।

गत २२ चैतदेखि २ बैशाखसम्म आयोजित महोत्सवमा संकलित रकममध्येबाट मध्यपुर थिमि नगारपालिका–३ गठ्ठाघर निवासी ब्लड क्यान्सर पीडित नौ बर्षीया बालिका समिला लावतीलाई एक लाख रुपैंयाँ सहयोग गरिएको हो ।

महोत्सव आयोजक संस्था औद्योगिक शान्ति नेपालका अध्यक्ष सन्दिप महतका अनुसार ती बालिका हाल भारतको नयाँ दिल्लीस्थित राजिव गान्धी क्यान्सर अस्पतालमा उपचाररत छिन् । उनका अनुसार विगत एक दशकदेखि भक्तपुरमा महोत्सवको आयोजना गर्दै आइएको छ भने महोत्सवबाट उठेको रकमको केही प्रतिशत सामाजिक कार्यमा सहयोग गरिंदै आइएको छ ।

संस्थाको सोही नीतिअनुसार नै यसवर्ष क्यान्सर पीडित बालिकालाई उनकै बैंक खातामा रहम सहयोग गरिएको महतले बताए । उनको आर्थिक अवस्था कमजोर रहेपनि नेपालमा उपचार सम्भव नभएपछि भारतको नयाँ दिल्ली लगिएको थियो । लावतीलाई सहोग गर्न चाहनेले समिला लावतीको एभरेष्ट बैंकमा रहेको खाता नं ०१२१०५०१२०००१२ मा रकम पठाएर सहयोग गर्न सक्नु हुनेछ ।

सामाजिक कार्यमा सहयोगको नीति अनुसार नै औद्योगिक शान्ति नेपाल संस्थाले अनाथ असाहाय सडक मानवको उद्धार र पालन पोषण गर्दै आएको मानव कल्याण समाज भक्तपुरलाई दश हाजार रुपैया प्रदान गरेको छ । सो रकम समाजको खातामा पठाइएको मेला आयोजक समितिका संयोजक दिपक थापाले बताए । संस्थाले हरेक वर्ष मेलाका अवसरमा राष्ट्रिय अन्तर्राष्ट्रिय खेलाडीलाई समेत नगदसहित सम्मान गर्दै आएको छ ।

औद्योगीक शान्ति नेपालले अहिले भने चन्द्रागिरी नगरपालिकाको नैकापमा महोत्सव संचालन गरिहेको छ । अध्यक्ष महतका अनुसार सो महोत्सव १९ बैशाखसम्म संचालन हुनेछ ।



प्रतिक्रिया दिनुहोस !