२२ बैशाख २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

मदन भण्डारीका हत्यारा किन पत्ता लगाउन नसकेको ? : शेरबहादुर देउवाको प्रश्न

प्रकाशित मिति :  १० बैशाख २०८१, सोमबार १४:५३


काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जननेता मदन भण्डारीको हत्यारा अहिलेसम्म किन पत्ता नलगाएको भनेर प्रश्न गर्नुभएको छ ।

सोमबार नेकपा स्थापनाको ७५ वर्ष पूरा भएको अवसरमा ललितपुरस्थित गोदावरीको सनराईज हलमा आयोजित हीरक महोत्सवलाई सम्बोधन गर्दै उहाँले मदन भण्डारीको हत्याको विषयलाई लिएर कांगे्रसलाई गाली गलौज गरेकोमा आक्रोश व्यक्त गर्नुभयो । उहाँले भण्डारीका ड्राइभर समेत मारिएको तर पनि हत्यारा को हो पत्ता लगाउन नसक्ने अनि कांग्रेसलाई गाली गर्ने भन्दै आक्रोश व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो,‘मदन भण्डारीसँग मुलुकमा राम्रै कुरा गर्ने मन थियो । त्यो हामीले बुझेका छौं । तर कांग्रेसलाई गाली गर्नुसम्म गर्नुभयो अनि हामीले पनि जवाफ दिनपरिहाल्यो नि । मलाई गाली गर्नेहरुले मदन भण्डारी कसरी मरे, किन भन्न सक्दैन् ? हत्यारा को हो आफू खोज्न नसक्ने अनि कांग्रेलाई गाली गर्ने ? हत्यारा अहिलेसम्म किन पत्ता लगाउन नसकेको ?’

सभापति देउवाले अगाडि भने,‘हुँदा हुँदा भण्डारीको ड्राइभर पनि मारियो । मदन भण्डारी राम्रो नेता हुनुहुन्थ्यो, यसमा दुइमत नै छैन् । तर मार्ने को हो ? अहिलेसम्म पत्ता किन लागेन ? एमालेबाट विद्या भण्डारी दुई पटक राष्ट्रपति बनिसक्नुभयो, एमालेबाट प्रधानमन्त्री धेरै हुनुभयो, खोई अहिलेसम्म मदनको हत्यारा पत्ता लागेको ? कांग्रेसको विरोध गर्नु सजिलो होला गर्नुहोस् । केही छैन् । तर मलाई गाली गरेर केहि हुनेवाला छैन् ।’



प्रतिक्रिया दिनुहोस !