१९ बैशाख २०८१, बुधबार
  • हाम्रो बारेमा
  • विज्ञापन

सुदूरपश्चिमकाे मुख्यमन्त्रीमा दाबी पेस गर्ने आज अन्तिम दिन

प्रकाशित मिति :  ६ बैशाख २०८१, बिहीबार १०:५९


काठमाडाैं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस गर्न दिएकाे समय आज सकिँदैछ ।

प्रदेश प्रमुख नजिर मियाँले संविधानको धारा १६८ काे (२) अनुसार मुख्यमन्त्रीमा दाबी पेस गर्न दिनुभएकाे समय आज साँझ ५ बजे सकिँदैछ ।

गत मंगलबार मुख्यमन्त्रीका लागि पेस गरिएका दुवै दाबी अस्वीकृत गर्दै प्रमुख नजिर मियाँले मुख्यमन्त्रीमा दाबी पेस गर्न पुन: समय दिनुभएकाे थियाे ।

नागरिक उन्मुक्ति पार्टी (नाउपा) का सांसद्द्वय लक्ष्मणकिशोर चौधरी र कैलाश चौधरीले मुख्यमन्त्रीका लागि पेस गर्नुभएकाे दाबी प्रदेश प्रमुख मियाँले अस्वीकृत गर्नुभएकाे थियाे ।

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा एकीकृत समाजवादीका नेता दीर्घ सोडारीले दाबी पेस गर्ने तयारी गर्नुभएकाे छ । तर नेकपा एमालेले साेडारीकाे विषयमा निर्णय गरेकाे छैन ।

सत्ता गठबन्धनका शीर्ष नेताबीच भएको सहमति अनुसार सुदूरपश्चिमको नेतृत्व एकीकृत समाजवादीले गर्ने सहमति भएपनि नेता सोडारीलाई मुख्यमन्त्रीमा समर्थन गर्न नसकिने एमालेले जनाएको छ । समाजवादीबाटै अर्काे पात्र खडा गर्नुपर्ने एमालेकाे संकेत छ ।



प्रतिक्रिया दिनुहोस !