१९ बैशाख २०८१, बुधबार
  • हाम्रो बारेमा
  • विज्ञापन

कोशी प्रदेश सभा बैठक आज बस्दै

प्रकाशित मिति :  ६ बैशाख २०८१, बिहीबार १०:५५


काठमाडौं । कोशी प्रदेश सभाको बैठक आज बस्दैछ ।

बैठक काेशी प्रदेश सभा हल विराटनगरमा दिउँसो १ बजे बस्नेछ । नेकपा एमाले र माओवादी केन्द्रका ५२ सांसद्ले चैत २६ मा केदार कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएकाे भन्दै अधिवेशन मागसहित निवेदन दिएका थिए ।

साेही अनुसार प्रदेश प्रमुख परशुराम खापुङले चैत ३० गते वैशाख ६ का लागि प्रदेश सभाकाे अधिवेशन आव्हान गर्नुभएकाे थियाे ।

एमाले र माओवादीले मुख्यमन्त्री कार्कीलाई दिएको समर्थन फिर्ता लिएपछि काेशीमा अब के हुन्छ भन्ने अन्योल कायमै छ । मुख्यमन्त्री कार्कीले विश्वासकाे मत लिन नपर्ने र राजीनामा नदिने अडान राख्दै आउनुभएकाे छ । तर एमाले र माओवादीसँगै कांग्रेसका सांसद्ले भने कार्कीले विश्वासकाे मत लिनुपर्ने र राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने बताउँदै आएका छन् ।

समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री कार्कीले ३० दिनभित्र विश्वासकाे मत लिनुपर्ने राय समेत कानुन विद्हरुले दिएका छन् ।



प्रतिक्रिया दिनुहोस !