१७ बैशाख २०८१, सोमबार
  • हाम्रो बारेमा
  • विज्ञापन

थप सात वटा नाका खोल्न चीनले पठायो नेपाललाई पत्र, भारत के गर्ला ?

प्रकाशित मिति :  ४ बैशाख २०८१, मंगलवार १६:५८


काठमाडौं । चीनले नेपाल तर्फका थप सात वटा नाका तत्काल खोल्नका लागि नेपाललाई पत्र पठाएको छ ।

चीनसँग जोडिएको नेपालका परम्परागत १४ वटा नाकामध्ये तत्काल थप सात वटा नाका खोल्न तयार रहेको पत्र चीनले परराष्ट्र मन्त्रालयलाई पठाएको हो ।

नेपालाई अति आवास्यक नाकाहरु खोलेर चीनले नेपाल तर्फ उद्धारपना देखाएको छ ।

नाका खोल्ने कुरा प्रधानमन्त्री प्रचण्ड चीन भ्रमण गएको बेला भएको थियो ।

१४ वटा नाकामध्ये यसअघि नै तातोपानी, केरुङ, कोरला र हिल्सा नाका सञ्चालनमा आइसकेका छन् । बाँकी नाकामध्ये पहिलो चरणमा सात वटा नाका खोल्नका लागि चीन तयार भएको हो ।

झोङ्बा र डोल्पाको मेयोङ नाका, झोङ्बा र मुगुको यासिमा नाका, जिरोङ र गोरखाको झोङ्गा नाका र गोङ्डाङ नाका, न्यालामु र दोलखाको झासिगांग नाका, डिङ्जे र ताप्लेजुङको रिवु नाका तथा पुलान नाका र बझाङको बोलिना नाका खोल्नका लागि चीनले पत्र पठाएको हो ।

चीनले थप नाका खोल्नको लागि पत्र पठाए सँगै भारत तनाबमा हुने देखिएको छ ।

भारत चीनले खुलाउन थालेको नाका फेरी कसोगरी बन्द गराउन सकिन्छ भन्ने रणनीतिमा भारत लाग्ने अनुमान लगाउन सकिन्छ ।

नेपाल र चीनको सबै नाका खोल्दा नेपालको व्यापर चीन तिर वढ्ने र भारत तिरको परनिर्भतमा केही भएपनि ह्रास आउने भएकाले भारतले आफ्नो व्यापर नेपालमा एकलौटी ढंगबाट बढाउनकै लागि भएपनि भारत नेपाल चीन विचको नाका बन्द गराउने रणनीतिमा लाग्ने बुझिन्छ ।



प्रतिक्रिया दिनुहोस !