४ आश्विन २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

चीनको चमत्कार, अर्थतन्त्रमा व्यापक सुधार

प्रकाशित मिति :  ४ बैशाख २०८१, मंगलवार १६:४२


हङकङ । वर्षको पहिलो तीन महिनामा चीनको अर्थतन्त्रमा उल्लेखनिय सुधार आएको छ ।

अपेक्षाभन्दा राम्रो प्रदर्शन गर्दै चीनको अर्थतन्त्र पहिलो त्रैमासिकमा ५.३ प्रतिशतले वृद्धि
भएको हो ।

चीनको नीति वृद्धि र बलियो मागलाई उत्तेजित गर्ने नीतिहरूले आर्थिक वृद्धिलाई मद्दत गरेको निचियाँ सरकारको भनाई छ ।

चीन अहिले विश्वको दोस्रो ठूलो अर्थतन्त्र भएको मूलुक हो । चीनमा जनवरी–मार्चमा वार्षिक आधारमा पाँच दशमलव तीन प्रतिशतले आर्थिक वृद्धि भएको छ ।
कोरोनाका कारण अर्थतन्त्रमा मार खेपिरहेको चीनले अहिले फेरी अर्थतन्त्रमा उल्लेखनिय सुधार गर्दै विश्वलाई चकित तुल्याएको छ ।

चीनले आफ्नो निर्यात मार्चमा अघिल्लो वर्षको तुलनामा सात दशमलव पाँच प्रतिशतले घटेको र आयात पनि कमजोर भएको बताएको थियो । मुद्रास्फीतिका कारण रियल स्टेट क्षेत्रमा देखिएको सङ्कटले सुस्त मागको अपस्फीति दबाबलाई प्रतिबिम्बित गर्दछ ।

पहिलो त्रैमासिकका लागि औद्योगिक उत्पादन गत वर्षको तुलनामा छ दशमलव एक प्रतिशतले माथि रहेको र खुद्रा बिक्री चार दशमलव सात प्रतिशतको वार्षिक आधारमा बढेको छ । कारखाना र उपकरणमा स्थिर लगानी अघिल्लो वर्षको सोही अवधिको तुलनामा चार दशमलव पाँच प्रतिशतले बढेको छ ।

बेइजिङले अर्थतन्त्रलाई बढाउन चाहेकाले नीति निर्माताहरूले वित्तीय र मौद्रिक नीति उपायहरूको एउटा शृङ्खला जारी गरेका छन् । चीनले सन् २०२४ का लागि करिब पाँच प्रतिशतको महत्त्वाकांक्षी कूल गार्हस्थ्य उत्पादन (जिडिपी) वृद्धि लक्ष्य निर्धारण गरेको छ ।

चीनको यो उल्लेखनिय सफलतमा अहिले विश्वको नजर चीन तिर तेर्सिएको छ ।


113
Shares

प्रतिक्रिया दिनुहोस !