१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

राम्रोसँग सवारी चलाउन सक्ने भएपछि मात्र सवारी चालक अनुमतिपत्र दिनुपर्ने : रवि लामिछाने

प्रकाशित मिति :  २ बैशाख २०८१, आईतवार १२:५३


काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले राम्रोसँग सवारी चलाउन सक्ने भएपछि मात्र सवारी चालक अनुमतिपत्र दिनुपर्ने कुरामा आफू अडिग रहेको बताउनुभएको छ ।

आइतबार उपत्यका ट्राफिक प्रहरी कार्यालयद्वारा आयोजित ‘ट्राफिक सचेतना विशेष अभियान–२०८१’ को समुद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै लामिछानेले ड्राइभिङ सेन्टरमा सिकाएको भरमा लाइसेन्स दिने प्रक्रियालाई एकदमै कडाइ गर्नुपर्छ भन्ने पक्षमा आफू नभए पनि सीप राम्रो सिकेको मान्छेलाई मात्र चालक अनुमति पत्र दिनुपर्ने बताउनुभयो । कुनै ठाउँभित्र एट (८) बनाएर, अलिअलि रोकेर साइड लगाएको भरमा मात्र होइन ट्राफिक नियम थाहा पाउने र राम्रोसँग सवारी बोक्न सक्ने भएपछि मात्र लाइसेन्स दिनुपर्ने उहाँले बताउनुभयो ।

सीप बिना नै रोड टेस्ट नगरी लाइसेन्स दिने प्रवृत्तिका कारण धेरै दुर्घटना हुने गरेको उहाँले बताउनुभयो । राम्रो सीप नसिकी बाइक चलाउनेको सङ्ख्या बढी रहेको भन्दै उहाँले त्यसलाई सुधार्न लाइसेन्स दिने प्रक्रियामा नै सुधार गर्नुपर्ने बताए ।

रोड टेस्ट नगरी ड्राइभिङ लाइसेन्स दिने प्रक्रिया गलत भएको लामिछानेले बताउनुभयो । लामिछानेले चालकलाई रोड टेस्ट नगरी ड्राइभिङ लाइसेन्स दिने परिपाटी नै गलत भएको स्पष्ट पार्नुभयो । ‘रोड टेस्ट नगरी ड्राइभिङ लाइसेन्स दिने जुन परिपाटी छ त्यो परिपाटी नै ठिक छैन, त्यसलाई परिवर्तन गर्नुपर्ने छ’, उहाँले भन्नुभयो ।


226
Shares

प्रतिक्रिया दिनुहोस !