२२ बैशाख २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

आजदेखि २४ सैँ घण्टा खुल्ने ठमेल र दरबारमार्ग

प्रकाशित मिति :  १ बैशाख २०८१, शनिबार ०७:४३


काठमाडाैं । काठमाडौंको प्रमुख पर्यटकीय क्षेत्र ठमेल र दरबारमार्ग आजदेखि २४ सैँ घण्टा खुल्ने भएको छ ।

नयाँ वर्ष २०८१ काे पहिलाे दिन आज वैशाख १ गतेदेखि ठमेल र दरबारमार्ग क्षेत्रमा पूर्णकालीन (२४ सैँ घण्टा) व्यवसाय सञ्चालन हुन लागेकाे हाे ।

जिल्ला प्रशासन कार्यालयले बनाएको आचारसंहिता बमोजिम कानुनको परिधिभित्र रहेर व्यवसाय सञ्चालन गरिने ठमेल पर्यटन विकास परिषद् र दरबारमार्ग विकास बोर्डले जनाएका छन् ।

ठमेल र दरबारमार्ग लगायत क्षेत्रमा पूर्णकालिन व्यवसाय गर्ने बिषयमा यसअघि उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने सरोकारवाला निकायसँग छलफल गर्नुभएको थियो । प्रहरीले पनि ठमेल र दरबारमार्ग क्षेत्रलाई चौबिसै घण्टा सञ्चालन गर्नका लागि विशेष सुरक्षा योजना तयार पारेको जनाएको छ । साे याेजनाका लागि सबै तयारी पूरा भएकाे प्रहरीले शुक्रबार जानकारी दिएकाे थियाे ।



प्रतिक्रिया दिनुहोस !