१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

राप्रपाको प्रदर्शनले निषेधित क्षेत्र तोडेपछि झडप, प्रहरीले शान्तिपूर्ण जुलुस माथि बल प्रयोग

प्रकाशित मिति :  २७ चैत्र २०८०, मंगलवार १५:५२


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले मंगलबार काठमाडौंमा गरेको प्रदर्शनको क्रममा निषेधित क्षेत्र तोडेपछि प्रहरीले बल प्रयोग गरेको छ ।

निषेधित क्षेत्र तोडेर सिंहदरबार मूल गेटतर्फ अघि बढेको राप्रपाको जुलुसलाई प्रहरीले पानीको फोहोरा, अश्रु ग्यास र लाठीचार्ज समेत गरेर तितरबितर बनाएको छ । प्रहरीले अघि बढ्न नदिएपछि जुलुस भृकुटीमण्डपतर्फ लागेको थियो ।

शान्तिपूर्ण जुलुस माथि बल प्रयोग गरेको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गर्नुभएको छ । मंगलबार आयोजित कोण सभामा बोल्दै लिङ्देनले राजीनामा माग गर्नुभएको हो ।

राप्रपाको जुलुस प्रहरीको अवरोध छिचोल्दै राप्रपा जुलुस भद्रकालीबाट सिंहदरबार अगाडि रहेको पृथ्वीनारायण शाहको सालिकनजिक पुगेको थियो । पूर्व र वर्तमान राष्ट्रपति तथा प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूको टाउकोको फोटो राखी गणतन्त्रका रावणहरू लेखिएको ब्यानर बोकी राजतन्त्रको पक्षमा नारा लगाउँदै अघि बढेको जुलुसलाई प्रहरीले बल प्रयोग गरेर रोकेको हो ।

प्रहरीको बल प्रयोगबाट पार्टीका कार्यकर्ता घाइते भएका राप्रपाले जनाएको छ । प्रहरीको बल प्रयोगबाट थुप्रै नेता कार्यकर्ता घाइते भएका राप्रपा अध्यक्ष लिङदेनले बताउनुभयो ।‘अब हामी गृह मन्त्रीको राजीनामा माग्छौँ’ कोणसभामा बोल्दै उहाँले भन्नुभयो ।


339
Shares

प्रतिक्रिया दिनुहोस !