१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

एनआरएनए मनमुटाव त्यागे शर्मा समूहले, एकता महाधिवेशन गर्नुपर्नेमा जोड

प्रकाशित मिति :  २६ चैत्र २०८०, सोमबार ०९:३७


काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आरके शर्मा समूहले सर्वोच्च अदालतको फैसलाको स्वागत गर्दै मनमुटाव त्यागेर एकता महाधिवेशन गर्नुपर्नेमा जोड दिएको छ ।

आइतबार भर्चुअल माध्यमबाट बसेको शर्मा समूहको बैठकले सबैले आ–आफ्नो इगो त्यागेर एकताको महाधिवेशन सफल बनाउनतर्फ लाग्नुपर्नेमा जोड दिएको हो । बैठकलाई सम्बोधन गर्दै शर्माले भन्नुभयो, ‘साथीहरु सबैसँग मित्रवत् रुपमा अघि बढेर एकताको महाधिवेशन गर्नुपर्छ ।’

उहाँले आफूहरु एनआरएनएमा देखिएको विकृतिविरुद्ध लड्दै आएको र आगामी दिनमा पनि खबरदारी जारी राख्ने तथा संस्थाको जिम्मेवारी पाए पूरा गरिछाड्ने जिकिर गर्नुभयो ।

बद्री केसी समूहले आफ्नो गल्तीलाई स्वीकार्न नखोज्दा र १० औँ महाधिवेशनदेखि नै इगो हाबी भएकाले संस्था अहिलेको खराब अवस्थामा पुगेको अड्डी उहाँले छाडेनन् ।

यसैगरी बैठकमा अभियन्ता महेश श्रेष्ठले जटिल परिस्थितिलाई बुझेर सर्वोच्चले फैसला गरेको र त्यसलाई सकारात्मक रुपमा लिएर अघि बढ्नुपर्नेमा जोड दिए ।

‘१० औँ महाधिवेशनमा प्रतिनिधिको विवाद भयो । सोही विवाद मिलाउन सकिने भएपनि इगोले काम ग¥यो’, उनले भने, ‘सर्वोच्चको फैसलाको मनसाय नै एकता छ । हाम्रो १० औँ महाधिवेशनदेखि नै जुन भावना थियो, त्यही भावना सर्वोच्चबाट आएको छ । इगो त्याग्न सकिएन भने अझै पनि एकता गर्न सकिने अवस्था छैन ।’

संस्थाको नयाँ नेतृत्वमा अहिलेको परिस्थिति निम्त्याउन भूमिक खेलेकालाई ल्याउन नहुनेतर्फ श्रेष्ठले सचेत गराए । यस्तै अर्का अभियन्ता गंगाधर गौतमले बद्री केसी, गौरीराज जोशी, हेमराज शर्मालगायतले अझै पनि अरुलाई दोषारोपण गरेर आफूलाई पानीमाथिको ओभानो देखाउन तल्लीन रहेको बताउनुभयो ।

सर्वोच्च अदालतले गत बुधबार एनआरएनएको १० औँ र ११ औँ महाधिवेशन अवैध ठहर गर्दै २०७८ माघ १ को अवस्थामा फर्काइदिएपछि एनआरएनहरु यतिबेला तरंगित छन् । दुई दिनअघि बद्री केसी पक्षको बैठकले सर्वोच्चको फैसलाप्रति असन्तुष्टि जनाउँदै पुनरावलोकनमा जाने निर्णय गरेको थियो ।

तर, शर्मा पक्षले भने सर्वोच्चको फैसला स्वीकार्दै एकताबद्ध एनआरएनए बनाउन जोड दिएको हो । आधिकारिकतासम्बन्धी विवादमा विनोद कुँवर पक्षको एनआरएनएले दिएको मुद्दामा सर्वोच्चबाट पछिल्लो फैसला आएकाले फैसलाअनुसार शेष घले नेृतत्वको १३ सदस्यीय कमिटीले एकताको महाधिवेशन सम्पन्न गराउनुपर्नेछ ।


565
Shares

प्रतिक्रिया दिनुहोस !