२९ भाद्र २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

उपनिर्वाचनका लागि उमेदवारी दिएका उमेदवारविरुद्ध परेका उजुरीमाथि नर्वाचन आयोगले छानबिन गर्ने

प्रकाशित मिति :  २६ चैत्र २०८०, सोमबार ०९:०६


काठमाडौं । आगामी बैशाखमा हुने उपनिर्वाचनका लागि उमेदवारी दिएका उमेदवारविरुद्ध परेका उजुरीमाथि आज नर्वाचन आयोगले छानबिन गर्ने भएको छ ।

आयोगको कार्यतालिका अनुसार आइतबार बिहान १० बजेदेखि दिउँसो तीन बजेसम्म उमेदवारको विरोधमा उजुरी दिने समय तोकिएको थियो । हिजो अपराह्न तीन बजेपछि २६ गते (आज) बेलुका पाचँ बजेसम्ममा आयोगले उम्मेदवार विरुद्ध परेका उजुरीमाथि छानबिन गर्दै छ ।

उजुरी उपर छानबिनपछि आयोगले सोमबार बेलुका उमेदवारको नामावली प्रकाशन गर्ने कार्यसूची तय गरेको छ ।

यस्तै, आयोगले उम्मेदवारलाई भोली मंगलबार (२७ गते) बिहान नौ बजेदेखि दिउँसो एक बजेसम्म उमेदवारी फिर्ताको समय दिएको छ । आयोगले मंगलबार दिउँसो तीन बजेसम्म उमेदवारको अन्तिम नामावली प्रकाशन गरी पाँच बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने छ ।

आयोगले २०८१ वैशाख १५ गते रिक्त रहेको इलाम दुई र बझाङ १ (१) प्रतिनिधिसभा सदस्यका लागि उपनिर्वाचन गराउन लागेको हो । उपनिर्वाचनका लागि इलाम–२ मा २० जना र बझाङ १ (१)मा १२ जनाले उमेदवारी दर्ता गराएका छन् ।


226
Shares

प्रतिक्रिया दिनुहोस !