१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

शेरबहादुर देउवाले संसद्मा पार्टीको भुमिकाबारे छलफल गर्न पार्टीका शीर्ष नेताहरूको बैठक बोलाए

प्रकाशित मिति :  २६ चैत्र २०८०, सोमबार ०९:०१


काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद्मा पार्टीको भुमिकाबारे छलफल गर्न पार्टीका शीर्ष नेताहरूको बैठक बोलाएका छन् ।

बैठक सभापति देउवाको निवासमा सोमबार विहान आठ बजे बस्दैछ । बैठकमा सहभागिताका लागि वर्तमान पदाधिकारी र पूर्वपदाधिकारीहरुलाई बोलाइएको उहाँको सचिवालयले जनाएको छ ।

सहकारी ठगी प्रकरणमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि नै आरोप लागेको भन्दै त्यसबारे छलफल गर्न संसदीय छानविन समिति गठन गर्नुपर्ने माग गर्दै संसद्मा अवरोध सिर्जना गर्दै आएको छ । कांग्रेसको अवरोधका कारण गृहमन्त्री लामिछानेले संसद्मा सम्बोधन गर्न पाएका छैनन् ।

सभापति देउवाले संसद्मा पार्टीको भूमिकाबारे नेताहरूसँग छलफल गर्न लागेका हुन् । यसअघिको बैठकमा कांग्रेसले संसदीय समिति गठन गर्नका लागि सरकारलाई अल्टिमेटम दिएको थियो ।


226
Shares

प्रतिक्रिया दिनुहोस !