१८ बैशाख २०८१, मंगलवार
  • हाम्रो बारेमा
  • विज्ञापन

भू–राजनीति अनि नेपालको भूमी

प्रकाशित मिति :  २२ चैत्र २०८०, बिहीबार १२:४५


काठमाडौं । अन्तराट्रिय कारणले भूगोलको राजनीति माथि पर्ने असरको व्याख्या नै भू –राजनीति हो ।

नेपालको सन्र्दभमा भू –राजनीतिले धेरै महत्वपूर्ण स्थान पाएको छ । नेपालले भू– राजनीतिमा महत्वपूर्ण स्थान पाउनुमा नेपाल विश्वमै उदाँउँदो शक्ति राष्ट्रहरुको विचमा भएर हो भन्दा फरक पदैन ।

विश्वमै अग्रणी दुई देश चीन र भारतको विचमा भएको नेपालमा भू –राजनीतिले धेरै महत्वपूर्ण भूमिका खेल्दछ ।

नेपाल प्राकृतिक दृष्टिकोणले पनि भरिपूर्ण देश हो । नेपाल तपोभूमी हो । सनातन धर्म लम्वीहरुको पावन भूमी हो नेपाल । यसले पनि नेपालको भूराजनीतिमा महत्वपूर्ण भूमीका खेल्दछ । यसका लागि पनि छिमेकी देशहरु नेपाल भनेपछि मरिहत्य हुन्छन् ।

नेपालले आफै अरु कसैको लहैलहैमा नलागी आफ्नो भूमीको राजनीति आफै गर्ने हो भने निश्चयनै नेपालको भलो नै हुन्छ ।

भू–राजनीति अध्ययन विधिले मुलुकको भूगोल विशेषको कारणले अन्तर्राष्ट्रिय राजनीतिक सम्बन्ध, विदेश नीति, संगठनात्मक अन्तरसम्बन्धको बारेमा व्याख्या, विश्लेषण र पूर्व अनुमान गरिन्छ ।

नेपालको कुरा गर्दा विश्व मान चित्र हेर्दा मात्र पनि नेपाल पुरै च्यापिएर वसेको देखिन्छ । नक्सामा पुरै च्यापिएर बसेको नेपाललाई साच्चै नै च्यापिदिएर भारतले नेपालको राजनीतिमा पुरै हस्तैक्षप गरेको पाईन्छ ।

छिमेकी त असल राम्रो हुन्छ । नेपालको आन्तरिक राजनीतिमा हस्तक्षेप गरेर भारतले नेपालमा जे गरिरहेको छ त्यो राम्रो मानिदैन । भारत नेपालको राजनीतिमा कसरी खेलिरहन्छ भन्ने तथ्यलाई बुझ्न अवकाशप्राप्त भारतीय सेनाका मेजर जनरल तथा नेपाल मामिलाका जानकार असोक मेहेताले भनेको कुरा बुझ्नु पर्ने हुन्छ । उहाँले भन्नुभएको थियो-‘ नेपालका प्रधानमन्त्री भारतको सही घोडा र नेपाली काङ्ग्रेका सभापति शेर बहादुर देउवालाई लगाम लगाउनु पर्ने ‘। उहाँले यसो भनिरहदाँ नेपालको प्रधानमन्धी पुष्पकमल दाहाल हुनुहुन्छ । यो कुराले नै भारतको नेपाल माथिको नगर छर्लङ्न हुन्छ ।

तर नेपालको उत्तरी छिमेकी चीन भने नेपालको राजनीतिमा चुप लागेर बसेको छ । सोधेको कुरा बोल्ने र सहयोग गर्ने चीन नेपालको असल छिमेकीको रुपमा परिचित हो ।

राम्रो कुरा गरेर सहयोग गर्ने चीनले भारतले जस्तो नेपालको राजनीतिमा खेलेको पाइदैन ।

नेपालमा भू– राजनीतिको कुरा गर्दा अमेरिकालाई छुटाउनै हुँदैन । त्यति टाढाको अमेरिका कसरी नेपालमा आइपुग्छ भन्ने कुरालाई पनि यहाँ चर्चा गरौं ।

अमेरिका सधै आफू शक्तिमा बस्नकै लागि नेपाल जस्ता साना मुलुकलाई आफ्नो कव्जामा लिन विभिन्न किसिमको लोभ देखाएर ललिपप वाड्दै गरेको कुरा छर्लङन नै छ ।

अमेरिकालाई आफू शक्ति राष्ट्र बन्न आफ्नो निति नियम लाद्न सकिने राष्ट्रको सूचिको लिष्टमा नेपाल रहन्छ ।

अर्को कुरा अमेरिका चीनको प्रतिशपर्धाका कारण पनि अमेरिकाको त्यती धेरै चासो नेपालमा परेको बुझ्न सकिन्छ ।

अमेरिकाले चीनलाई पर्छार्नकै लागि नेपाल तर्फ हात लम्काईरुहेको छ भन्नेको जमात पनि नेपालमा धेरै देखिन्छ । भेटिन्छन् ।

हुनपनि अमेरिकालाई हर कुरामा पछि पार्र्दै चीनले् अहिले तिब्र आर्थिक बृद्धी गर्नु अमेरिकको लागि पनि ठुलै टाउको दुखाई हो ।

भुगोलको आधारमा राजनीतिको विश्लेषण तथा निती निमार्ण गर्ने अन्तर सम्वन्ध पत्ता लगाउने र प्रयत्न गर्ने राज्यको व्यवहार बुझ्ने मुल्याङ्कन गर्ने र क्षेत्रिय तथा अन्तर्राष्टिय स्थितिको व्याख्या गर्ने सिद्धान्त नै विस्तृत अर्थमा भू राजनीतिक सिद्धान्त हो ।

नेपालको भूगोलको कुरा गर्दा चीन सँगको नेपाको भूगोल डाँडा काडाँ बढी भएको र भारत तर्फको सम्म छ । डाडाँकाडा भएता पनि चीन सँगको सम्वन्ध नेपाको पहिला नरेन्द्र देव देखि अहिले सम्म राम्रौ नै भएको पाईन्छ ।
भारततर्फको सम्म भूभागमा जे गर्न पनि सजिलो हुने भएकाले आवत जावत व्यापर धेरै सम्म भूमी तर्फ हुनु स्वभाविकनै हो ।

तर आवत जावत धेरै हुने र रोटी वेटीको सम्वन्ध धेरै हुने भन्दैमा नेपालको भू राजनीतिमै बाधा आउने गरि चलखेल गर्नु राम्रो मानिदैन ।

नेपालको लागि असल छिमेकी भएर बस्नुनै राम्रो मानिन्छ । यस विषयमा भारतले चीनबाट सिक्नु पर्छ कि ?

चीनको कुरा गर्दा अहिलेको परिवेसमा चीनकोृ महत्वकाक्षी परियोजना बीआरआईलाई छुटाउनु हुदैन । नेपालको भूराजनीतिमा अहिअले बीआरआईको महत्वपूर्ण स्थान पनि छ ।

बीआरआईले नेपाको भौतिक विकास देखि मानविय विकासमा समेत उल्लेखनिय प्रगति गर्ने निश्चित देखिन्छ ।

बीआरआईको योजना नेपालमा सफल भएमा भारत तर्फको नेपालको निर्भरत पूर्णरुमा समाप्त हुने र नेपाल कैयन मुलुक सँग जोडिने भएकाले भारत र चीनको मूमीका नेपालमा बराबर हुने र अमेरिकाको नेपालमाथिको राजनीति पूर्ण रुपमा समाप्त हुने निश्चीत देखिन्छ ।

कुनै पनि देश सबै किसिमको स्रोतसाधनले भरिपूर्ण हुदैन । त्यसकारण जुन देशमा जुन स्रोत साधनको प्रचुरता छ, त्यसैको अधिकतम सदुपयोग गरी देशलाई समृद्ध बनाउनुपर्दछ । बनाउन पनि लाग्नु पर्छ । औद्योगीकरणको विकास गर्दै विद्युत्, खाद्यान्न, पर्यटन,जडीबुटी, खनिज, चिया, जनसांख्यिक लाभको सदुपयोग गदै नेपालले जाने हो भने भौगोलिक जटिलका बाबजुत नेपाको भूमी थम उर्वर हुने निश्चीत देखिन्छ ।

अन्तर्राष्ट्रिय अर्थ–राजनीतिक अन्तरसम्बन्धलाई सन्तुलित ढंगले कूटनीतिक तबरले नेपालको भूगोल प्रयोग भएमा नेपलको भू राजनीतिक जटिलता नेपालको लागि वरदान हुन सक्छ ।

भू -राजनीतिक सिद्धान्त विश्व घटनाको विश्लेषण गर्ने प्रचार गर्ने तथा निति निमार्ण गर्नमा प्रयोग गरिन्छ । तर नेपालको सन्दर्भमा अलग भएको पाइन्छ ।

नेपालका भूमी आफैमा उर्वर भएको र छिमेकी विश्व शीक्त शाली मुलुकको विचमा परेको भूमी भएका कारण पनि नेपालको मू राजनीति महत्व अत्यन्तै छ ।



प्रतिक्रिया दिनुहोस !