१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

गृहमन्त्री रवि लामिछानेमाथि सहकारी काण्डमा संसदीय छानबिन समिति गठन गर्ने माग:

प्रकाशित मिति :  २१ चैत्र २०८०, बुधबार १२:१८


काठमाडाैं । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि सहकारी काण्डमा संसदीय छानबिन समिति गठन गर्ने माग कायमै राखेकाे छ ।

बिहीबार बसेकाे प्रतिनिधि सभा बैठककाे सुरुमै बाेल्दै कांग्रेस सांसद् विश्वप्रकाश शर्माले अर्काे बैठकमा संसदीय छानबिन समिति गठन गरेर मात्र आउन सरकारलाई चुनाैती दिनुभयाे । आफूहरुको सहमति बगेर सदनमा कुनै प्रकारका कार्यसूची नबनाउन चेतावनी दिँदै उहाँले सरकारले बलजफ्ती गरे आफूहरु कठोर हुने बताउनुभयाे ।

कांग्रेसले गृहमन्त्रीलाई प्रधानमन्त्रीकाे अफर नगरेकेा दाबी गर्दै सांसद् शर्माले बहसका लागि संसदीय समितिको कार्यालयमा आउन समेत गृहमन्त्रीलाई चुनाैती दिनुभयाे । त्यसका लागि संसदीय छानबिन समिति बन्नैपर्ने उहाँकाे भनाइ थियाे ।


452
Shares

प्रतिक्रिया दिनुहोस !