१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

कर्मचारीहरूले दलगतरुपमा काम गर्न थालेपछि सार्वजनिक प्रशासन बिग्रियो: पूर्वसचिव खेमराज नेपाल

प्रकाशित मिति :  १९ चैत्र २०८०, सोमबार ०८:५६


काठमाडौं । पूर्वसचिव खेमराज नेपालले कर्मचारीहरूले दलगतरुपमा विभाजित भएर काम गर्न थालेपछि सार्वजनिक प्रशासन बिग्रिएर गएको टिप्पणी गरेका छन् ।

उहाँले निजामती कर्मचारीहरूले दलीय संगठनमा बस्न नहुने र पार्टीको फेभरमा पर्न नमिल्ने दाबी गर्नुभयो ।

नेपाल न्यूज बैंकसँगको कुराकानीमा पूर्वसचिव नेपालले भने, ‘निजामती कर्मचारीलाई स्थायी सरकार भनिन्छ ।. त्यो कुनै दलको हुनुहुदैन । तर हाम्रा कर्मचारी ट्रेड युनियनका नाममा बाँडिएर दलविशेषका भएर बसेका छन् । उहाँहरु आफ्नो पार्टीको लाइनमा चलेका छन्,’ उहाँले भन्नुभयो, ‘कर्मचारीले दलको फेभरमा काम गर्न थालेपछि सार्वजनिक प्रशासन राम्रो हुने कुरै हुदैन ।’

उहाँले संघीयता कार्यान्वयन र जनतामा विश्वास बढाउनका लागि तीन तहका सरकारले मिलेर जनताका समस्या समाधानमा केन्द्रीत हुनुपर्ने बताउनुभयो । ‘नागरिकहरु समस्या पर्दा काठमाडौं किन धाइरहेका छन्, सिहंदरबार भित्रै किन पस्न चाहन्छन् ? त्यसलाई मात्र हेरेर सम्बोधन गरिदियो भने नेपालको रुप फेरिन्छ,’ उहाँले भन्नुभयो, ‘गाउँ गाउँमा सिंहदरबार भनियो तर अहिले पनि चप्पल नलगाएका मान्छेहरु सिंहदरबारको गेटमा आउनुपरेको छ । यसको मूल्यांकन ग¥यो भने पनि स्पष्ट रुपमा थाहा हुन्छ कि अधिकार तल गएको छैन् । अधिकार सिंहदरबार भित्रै छ ।’ उहाँले नागरिकको तहमा संघीयताको अनुभूति नै हुन नपाएको दाबी गर्नुभयो ।
पूर्वसचिव नेपालले हरेक पटक सरकार फेरबदल हुँदा आफ्नो फेभरमा काम गराउने प्रवृत्ति हाबी हुँदा छिटो छिटो कर्मचारी सरुवा गरिदिने, र नतिजा नआउने अवस्था रहेको बताउनुभयो । ‘कुनै काम गर्नका लागि योजना बन्छ । बीचमा सचिव अर्कातिर हिड्छ । मन्त्री फेरिइसकेको हुन्छ । कामले पूर्णता पाएको देखिदैन,’ उहाँले भन्नुभयो, ‘सरकार फेरिनेबित्तिकै आफ्नो फेभरको कर्मचारी ल्याउनुपर्ने नेतृत्वको सोच छ । कर्मचारीले पनि त्यही गरेर बिकृतिलाई प्रोत्साहन गरिदिएका छन् ।’


226
Shares

प्रतिक्रिया दिनुहोस !