१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

भोजपुरका पाँच अग्नीपीडितलाई २५ बण्डल जस्तापाता वितरण

प्रकाशित मिति :  १८ चैत्र २०८०, आईतवार १२:४४


भोजपुर । भोजपुरका अग्नीपीडितलाई जस्तापाता वितरण गरिएको छ ।

गैरआवासीय नेपाली संघ (एनआरएनए)ले भोजपुर नगरपालिका–१२ टक्सारस्थित मालबाँसेका आगलागी पीडितहरूलाई राहतस्वरुप जस्तापाता उपलब्ध गराएको हो ।

आगलागीबाट पीडित स्थानीयहरूलाई एनआरएनएको तर्फबाट अस्थायी आवास निर्माण गर्न पाँच परिवारका लागि २५ बन्डल जस्तापाता उपलब्ध गराइएको हो । नगरप्रमुख कैलाश कुमार आलेमार्फत सो जस्तापाता वितरण गरिएको एनआरएनएले जनाएको छ ।

परोपकार तथा मानवीय सहायता विभागमार्फत संघले आगलागीजन्य विपद् प्रभावितका लागि सहयोग गरिएको हो । संघका अध्यक्ष बद्री केसीले संघले विपद्मा परेका टक्सारबासीलाई परेको पीडामा थोरै भएपनि मल्हम लगाउन प्रयास गरिएको बताउनुभयो ।


226
Shares

प्रतिक्रिया दिनुहोस !