२० बैशाख २०८१, बिहीबार
  • हाम्रो बारेमा
  • विज्ञापन

मोटरसाइकलको ठक्करबाट पैदलयात्री एक बृद्धाको गयो ज्यान

प्रकाशित मिति :  १८ चैत्र २०८०, आईतवार १२:३९


काठमाडौं । काठमाडौंको सोल्टीमोडमा मोटरसाइकलको ठक्करबाट पैदलयात्री एक बृद्धाको ज्यान गएको छ ।

शनिबार बिहान साढे आठ बजे बा ८५ प ७१६७ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएकी ती बृद्धाको ट्रमा सेन्टरमा उपचार भइरहेको थियो । उहाँको गएराति साढे ११ बजे ज्यान गएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार धादिङ घर भई हाल कालिमाटी बस्दै आएकी ७० वर्षीया लक्ष्मी तामाङको ज्यान गएकोे हो ।

सडकमा पैदल हिँडिरहेकी तामाङलाई मोटरसाइकलले ठक्कर दिएको थियो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।



प्रतिक्रिया दिनुहोस !