२० बैशाख २०८१, बिहीबार
  • हाम्रो बारेमा
  • विज्ञापन

त्रिशूली नदीमा ट्याक्सी खस्दा ५ जनाकाे गयाे ज्यान

प्रकाशित मिति :  १७ चैत्र २०८०, शनिबार ०९:०७


काठमाडाैं । त्रिशुली नदीमा ट्याक्सी खस्दा ५ जनाकाे ज्यान गएकाे छ ।

शनिबार बिहान काठमाडौंबाट गोरखा जाँदै गरेको बा २ झ ४१९६ नम्बरको ट्याक्सी चितवनको इच्छाकामना गाउँपालिका-५ सिमलधारास्थित पृथ्वी राजमार्ग सडकबाट त्रिशुली नदीमा खस्दा ५ जनाकाे ज्यान गएकाे हाे ।

दुर्घटनामा ५ जनाकाे ज्यान गएकाे जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी श्रीराम भण्डारीले सनराइज खबरलाई जानकारी दिनुभयाे । ‘१ बालिका, २ पुरूष र २ महिलाकाे शव भेटिएकाे छ, तर सनाखत हुन बाँकी छ, पीडितका आफन्तहरु सम्पर्कमा आउँदै हुनुहुन्छ, सनाखत गर्ने तयारी भइरहेकाे छ’- उहाँले भन्नुभयाे ।

कारमा कति सवार थिए भन्ने पनि यकिन हुन बाँकी रहेकाे प्रवक्ता भण्डारीले जानकारी दिनुभयाे । यसबारे थप अनुसन्धान भइरहेकाे उहाँले बताउनुभयाे ।



प्रतिक्रिया दिनुहोस !