२ असार २०८१, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

श्रीमति हत्या अभियोगमा बलराम थारु पक्राउ

प्रकाशित मिति :  १५ चैत्र २०८०, बिहीबार १८:५९


काठमाडौं । श्रीमतीको हत्या अभियोगमा प्रहरीले बिहीबार दिउँसो एक जनालाई पक्राउ गरेको छ ।

कन्चनपुरको भिमदत्त नगरपालिका–१८ सालघारी बस्ने ३४ वर्षीय बलराम थारुले २४ वर्षीया आशिका चौधरीको हत्या गरेका छन् ।

बलरामले कुटपिट गर्दा आशिका गम्भीर घाइते भएकी भन्ने सूचनाको आधारमा अस्थायी प्रहरी बिट सालघारी र वडा प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले आज दिउँसो थारुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

कुटपिटबाट गम्भीर घाइते भएकी आशिकाको महाकाली प्रादेशिक अस्पतालमा उपचारको क्रममा ज्यान गएकाे हो ।
उक्त घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।


339
Shares

प्रतिक्रिया दिनुहोस !