१४ बैशाख २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

एसईई सुरु

प्रकाशित मिति :  १५ चैत्र २०८०, बिहीबार ११:१२


काठमाडौं । यस शैक्षिक सत्रको माध्यमिक शिक्षा परीक्षा (एसईई) सुरु भएको छ । आउँदो २७ गते सम्म हुने परिक्षाको पहिलो दिन आज बिहान ८ बजेदेखि सुरु भएको हो । अहिले अनिवार्य अंग्रेजीको परिक्षा भएकाे थियाे ।

परीक्षाका लागि देशभर दुई हजार ६४ केन्द्र तोकिएका छन् । परीक्षामा देशभरका पाँच लाख चार हजार चार सय १४ परीक्षार्थी सहभागी हुने भएको राष्ट्रिय परिक्षा बोर्डले जानकारी दिएको छ ।

परीक्षा सञ्चालनका लागि देशभर ७७ हजार पाँच सय जनशक्ति परिचालन गरिएको छ ।
परिक्षा शान्त र मर्यादित ढंगबाट भइरहेको बताइएको छ ।



प्रतिक्रिया दिनुहोस !