२ असार २०८१, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

विश्वव्यापीरुपमा खाद्यान्न खेर जाने समस्या बढ्दै

प्रकाशित मिति :  १५ चैत्र २०८०, बिहीबार ०९:१३


काठमाडौं । पछिल्लो समय विश्वव्यापीरुपमा खाद्यान्न खेर जाने समस्या बढ्दै गएको छ ।

संयुक्त राष्ट्र संघको ‘फुड वेस्ट इन्डेक्स २०२४’ को रिपोर्ट अनुसार सन् २०२२ मा १ अर्ब ५० करोड टन खाद्यान्न खेर गएको छ । करिब २० प्रतिशत खाद्यान्न फोहोरमै फालिएको उल्लेख छ ।

उपभोक्ताहरूका लागि उपलब्ध कुल खानामध्ये, लगभग १९ प्रतिशत खुद्रा तथा खाद्य पसल र घरपरिवारहरूबाट खेर गएको हो । खेतमा उत्पादनदेखि स्टोरहरूमा बिक्रीसम्म पुग्दा खेर जाने संख्या १३ प्रतिशत रहेको छ ।

संयुक्त राष्ट्र वातावरण कार्यक्रमका कार्यकारी निर्देशक इनगर एन्डरसनले खाद्यान्नको फोहोर विश्वव्यापी त्रासदी बन्दै गएको बताइन् ।

लाखौं मानिसहरूले पर्याप्त खाना पाउन नसकेका बेला विश्वभर खाद्यान्न खेर गइरहेको भन्दै इनगरले चिन्ता ब्यक्त गरेकी छिन् ।

खाद्यान्न खेर जानुमा विश्व अर्थतन्त्रको कारण मात्रै नभई जलवायु परिवर्तन, जैविक विविधताको हानि र प्रदूषणका चुनौतीहरू पनि गहिरिँदै गएको प्रतिवेदनमा जनाइएको छ ।

प्रतिवेदनका अनुसार अधिकांश खाद्यान्न बर्बाद घरपरिवार भित्रै हुन्छ । यो लगभन ६३१ मिलियन टन रहेको अनुमान गरिएको छ । खाद्य सेवा क्षेत्रमा २९ करोड टन र खुद्रा क्षेत्रमा १३ करोड १० लाख टन खाद्यान्न खेर जाने गरेको छ ।

औसतमा, प्रत्येक व्यक्तिले एक वर्षमा ७९ किलोग्राम खाना बर्बाद गर्ने गरेका छन् । संसारमा भोकमरीबाट प्रभावित प्रत्येक व्यक्तिको लागि प्रत्येक दिन खानाको एक तिहाई हो ।

खाद्यान्नको खेर जाने समस्या धनी देशहरूमा मात्र सीमित छैन । उच्च आय, उच्च–मध्यम आय र निम्न–मध्यम आय भएका देशहरूमा घरपरिवारहरू बीच औसत खाद्य खेर गर्ने प्रति व्यक्ति, प्रति वर्ष सात किलोग्राम फरक रहेको छ ।

मध्यम आय भएका देशहरूमा ग्रामीण क्षेत्रमा खाद्यान्नको बर्बादी कम हुन्छ । यसको एउटा कारण घरपालुवा जनावरको खाना र मल वा चारा जस्ता बाँकी रहेका खानाको पुनः प्रयोग हुन सक्छ ।

प्रतिवेदनले खाद्यान्न खेर कम गर्ने प्रयासलाई बलियो बनाउन र सहरहरूमा समेत सडेको खानालाई मलको रूपमा प्रयोग गर्न सिफारिस गरेको छ ।

प्रतिवेदनले खाद्यान्नको बर्बादीको स्तर र औसत तापक्रमबीच प्रत्यक्ष सम्बन्ध रहेको पनि जनाएको छ । तातो हावापानी भएका देशहरूमा घरपरिवारले प्रतिव्यक्ति बढी खाना खेर फाल्ने प्रवृत्ति रहेको देखाएको छ ।

किनकि उहाँहरू ताजा खाना खान्छन् र खाद्य संरक्षणका लागि रेफ्रिजरेसन उपकरणको अभाव हुन सक्छ ।

उच्च तापक्रम, गर्मी छाल वा खडेरीले खाद्यान्नलाई सुरक्षित रूपमा भण्डारण, ढुवानी र प्रशोधन गर्न चुनौतीपूर्ण बनाउँछ, जसले गर्दा ठूलो मात्रामा खाद्यान्नको हानि भइरहेको छ ।


226
Shares

प्रतिक्रिया दिनुहोस !